साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भले गर्यो कविताको रोपाइँ

Nepal Telecom ad

आरम्भले आफ्नो साहित्यिक शृङ्खलाको ५८औँ यात्रा असार १५ विशेषका रुपमा ‘कवितामा रोपाइँ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रमुख आतिथ्य तथा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको विशिष्ठ आतिथ्यमा घट्टेकुलो विकास समाजको सभाकक्षमा सम्पन्न भयो ।

आरम्भ साहित्य शृङ्खलाका अध्यक्ष तथा हास्यकवि प्रेम ओलीको अध्यक्षता तथा संस्थापक सदस्य रघुनाथ अधिकारीको स्वागत मन्तव्य पछि रोपाइँका विविध पक्षमा आधारित कविता स्रष्टाहरूले वाचन गर्नुभएको थियो । विशेष कविका रुपमा कवि पूर्ण विराम, गजलकार ज्ञानुवाकर वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, हास्य कलाकार मनोज गजुरेल, प्रेम ओलीले रचना प्रस्तुत गरेका थिए ।
रोचकघोचक प्रस्तुतिसँगै गायिकाहरू बिन्दु परियार र रिता केसीको सुरिला गीत, बेलायत तथा अमेरिकाबाट आउनुभएका प्रवासी साहित्यकारहरू एच बी भण्डारी एवम् दुष्यन्त भट्टराईका साथै पुण्य आचार्य, इन्दु अंशु, आदर्श भट्टराई, वैरागी जेठा, असीम सागर, नरनारायण वत्स, ऋचा, आर्.सी. न्यौपाने, प्रभाकर पाण्डे, मोहनमणि पोखरेल, उदयचन्द्र दास, उर्मिला पन्त, रविन्द्र आशिष शैली, जीवराज घिमिरे, केरा अर्याल, राजन न्यौपाने, जनार्दन अधिकारी ‘धड्कन, अनिस कालिकोटे, स्मिता, जीवराज बुढाथोकी, सुशीला खड्का ‘हसिना’, दिनेश लुइटेल, दुर्गा वनवासी लगायतका कविहरूले रोपाइँ सम्बन्धी कविता वाचन गरी असार १५ को महत्वबारे आफ्ना भावना पस्किएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x