साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पन्ध्र असार !

Nepal Telecom ad

आयो पन्ध्र असार सार जलको, अस्तित्व खै भेट्दिन
बर्सी कम्प प्रचार गर्छ भय पो, सम्सार नै मेट्दिन ।
बाझा छन् सब खेत नै ’शव’ बने, खाद्यान्न घट्ने भयो
कम्पै कम्प चलेर सुन्दर धरा, धिक्कार फाट्ने भयो ।।१।।

धेरै बैठक वा विमर्श त भए, निस्केन है कानुन
धेरै मेलमिलाप राग रचियो, गुज्र्यो त्यसै जीवन ।
के नौला रचना रचिन्छ यसरी ? हे अक्षमी नायक
भारै भार धराप पाप मनका, नेता छ नालायक ।।२।।

छैनन् गोरु हलो जुवा सब हटे, श्रोतै सुकेछन् जल
रासायानिक झन् बिसादि मलले, गर्दैछ रे ढल्मल ।
खेती मुख्य भएन धूर्त छल नै, मात्रै दलाली बढ्यो ।
पेशा वा व्यवसाय भत्कन गई, धिक्कार मान्छे सड्यो ।।३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x