प्रेम ओली ढकलपुरेनेताको फोटो अब
हाछ्युँ आयो भने पनि
आछ्युँ आयो भने पनि
पत्रिकाले ठुलै समाचार बनाइ दिन्छन्
मानौ पत्रकारलाई नेताहरूले किन्छन् ।
राम बहादुर कत्रो मेहनत गरी
नयाँ धान फलाउँदैछन्
कुन उद्यमीले सफलताका साथ
कुन उधोग चलाउँदैछन्
त्यो पो समाचार छाप्नु नि
नेताका कुरा लेखेर
बेकार भाषण के ताप्नु नि !
अनि पो देश विकासमा जुटिन्छ
अर्थिक रुपले पनि माथि उठिन्छ
थोत्रे नेताको झुत्रे कुराले
देश पक्कै बनाउदैन
झुटको खेती गर्नेबाट
कुनै निकास आउँदैन ।
त्यसैले पत्रकार बन्धु
तपाईंको पत्रिकामा अब
यिनको फोटो आउनु हुँदैन
सफल कृषकको कथा लेख
राम्रो उद्यमीको कुरा लेख
यी नेताले स्थान पाउनु हुँदैन
पर्यटनको लागि नयाँ गन्तव्यको कुरा लेख
असल विज्ञहरूको नयाँ मन्तव्य पुरा लेख ।
अब कुनै नेताको
कुनै कुरा पनि लेख्नु हुन्न
म त भन्छु पत्रकारले
कुनै नेताको दैलो टेक्नु हुन्न ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































