साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पदामा महाभूकम्पले पारेको प्रभाव र चुनौती

Nepal Telecom ad

काठमाडौँ २०७२ असार २२ । नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको आयोजनामा ‘हनुमान् ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्विक स्मारकहरूमा महाभूकम्प–२०७२ को प्रभाव एवम् चुनौती विषयक एक दिने विचार गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा कुलपति गङ्गाप्रसाद उप्रेतीले महाभूकम्प र त्यसपछिका पराकम्पनले नेपालीहरूमा अकल्पनीय आघात पारेको बताउनु भयो । उहाँले क्षत् विक्षत भएको सम्पदालाई अब कसरी जोगाउन सकिन्छ भन्ने विषयमा तत्क्षेत्रका विद्वान्हरूको बहस महत्वपूर्ण हुने ठानी उक्त कार्यक्रम आयोजना गरेको विचार राख्नु भयो ।

गोष्ठीका प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. प्रेम खत्रीले गोष्ठी उद्घाटन गर्दै हाम्रा सांस्कृतिक सम्पदा हाम्रो जीवपद्धतीसँग जोडिएका छन्, त्यसकारण पनि हामीले यिनको पुनरूद्धार गर्नु आवश्यक रहेको बताउनु भयो । महाभूकम्प जाँदा आफू पाटन क्षेत्रमै रहेको र तत्काल त्यहाँका जनसमुदाय भत्केका सम्पदाका संरक्षणमा जुटेको देख्दा गौरव वोध भएको उल्लेख गर्नु भयो ।

प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा.विष्णु विभु घिमिरेले कार्यक्रम बारे अवधारणा प्रस्तुत गर्दै भूकम्पपछिको नेपालका सांस्कृतिक सम्पदाहरू क्षत् विक्षत् भएकाले संरक्षणका निम्ति यस प्रकारको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै महाभूकम्पले ध्वस्त पारेका सम्पदाहरू मध्य बसन्तपुर दरवार र यस आसपासका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको क्षतिबारे आकलन गरिएको गोष्ठी पत्र प्रस्तुत हुने जानकारी दिनु भयो ।

कार्यक्रममा प्रा.डा. वीणा पौडेलले ‘हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्विक स्मारकहरूमा भूकम्प २०७२ को प्रभाव र चुनौती’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नु भयो । ‘यस क्षेत्रमा भएको अपूरणीय क्षतिले हामी नेपालीलाई आहत बनाएको छ’ पौडेलको कथन थियो । उहाँले गोष्ठी पत्रको प्रस्तुतिका क्रममा हनुमानढोका क्षेत्रका दरवार, मन्दिर र देवलहरूको भूकम्पभन्दा अघि र भूकम्पपछिको अवस्था झल्काउने तस्वीरहरू पावरप्वइन्ट मार्फत प्रस्तुत गर्नु भएको थियो ।

डा. पौडेलको कार्यपत्रमाथि पुरातत्वविद् प्रकाश दर्नालले समीक्षा गर्दै कार्यपत्रलाई पूर्णता दिन विभिन्न सुझावहरू प्रस्तुत गर्नु भयो । यसैगरी संस्कृति मन्त्रालयका सहसचिव भरत मणि सुवेदी, प्रा.डा. राम दयाल राकेश, प्रकाश एराज, तेजेश्वर बाबु ग्वंग, प्रा.डा. चुडामणि बन्धु, लोक टुवाल आदिले विभिन्न कोणबाट आआफ्ना जिज्ञासा एवम् टिप्पणी राख्नु भएको थियो ।

गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्यहरू, आजीवन सदस्यहरू, पूर्व प्राज्ञहरू, प्राज्ञ सभाका सदस्यहरू लगायत संस्कृति र इतिहास क्षेत्रका प्रवुद्ध विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x