साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाचार समाचार समाचार

Nepal Telecom ad

यो हाम्रो नेसनलिस्ट एफएम, विशुद्घ याने कि प्युर नेपाली सञ्चार माध्यम हो । अब ब्ल्याक प्रसाद शर्मा याने कि कृष्णप्रसाद शर्माबाट समाचार सुन्नुहोस् । पहिलो प्रमुख हिट न्यूज क्लिप्स–

१. वारिपारि पार्टी नेपालले आफ्नो भ्वाइस नसुनेको गुनासो गर्दै छिमैकी देशका पिएमलाई नाकाबन्दी गरी सहयोग गरिदिन हारगुहार गरेका छन् ।

२. नेपाली ल्याङ्गवेजमा हिन्दी र अंग्रेजी मिसाएर यसको नर्म एण्ड भ्यालुज नै इन्ड हुन लागेकोमा भाषाविदहरूले चिन्ता गरेका छन् ।

३. मध्य असारमा पाहाको हन्टिङ भएको छ ।

४. माग्ने याने कि बेगिङ सम्मेलन सम्पन्न ।

अब कमर्सियल बे्रक
(कमर्सियल ब्रेकमा यस्तो बजेको थियो)
हाम्रो नेशनलिष्ट एफएम, विशुद्घ याने कि प्युर नेपाली भाषाको समाचार, सत्य तथ्य आइडिया र थट, न्यूज हट न्यूट हट एक्सप्रेस (कताकतै केटाकेटी छिल्लिएको आवाजले ब्रेकलाई रोमाञ्चकारी बनाएको थियो )

समाचारदाताः अब पूरा याने कि फुल न्युज । अडियन्सहरू ।

१. वारिपारि पार्टी नेपालले आफ्नो भ्वाइस नसुनेको गुनासो गर्दै छिमेकी देशका पिएमलाई नाकाबन्दी गरी सहयोग गरिदिन हारगुहार गरेका छन् । समयबिताम हलमा जति चिच्याए पनि कानसमेत नथुनी हाँसेर सुनिरहेकाले उनले मेजर पार्टीहरू र सभाप्रमुखको विरुद्घ यस्तो कुराको ऐलान गरेका हुन् । आफ्ना कुरालाई बेवास्ता गरिरहे नाकाबन्दी लगाएर यो देशको थिलथिलो पार्ने भन्दै उनले पारी देशका मुख्य मानिससँगसमेत भेटघाट गरेको जानकारी हाम्रा कलम जोर्नालिष्टले भेरी हङ्ग्री हुँदाहुँदै पनि लेखेर पठाएका हुन् ।

२. सञ्चारमाध्यमहरूले नेपालीमा इङ्लीस राखेर बोल्दा र भाषामा अननेसेसरी स्लयाङ हाल्दा र डलरको कलरले समातेका केही भाषाविद भनाउने भाइरसहरूले तोडमोड गर्दा नेपाली लेङवेजको हरिविजोग हुन लागेकोमा नेपलिज भाषाएक्सपर्टहरूले वरी गरेका छन् । नेपाल भाषा बेमतलव प्रतिष्ठानको आयोजनामा आज गणतन्त्रधानीमा भएको एक प्रोग्राममा उनीहरू बोल्दै थिए । यसको उत्थानको लागि छिटै एउटा एजजिओ दर्ता गरेर त्यसमार्पmत विदेशी सहयोग लिई नेसेसरी एक्सन लिइने उनीहरूको दावी छ ।

३. मध्य असार भएपनि वाटर फल भएको छैन । बङ्गालबाट आउने मनसुन कसको भनसुनमा लागेर हो अहिलेसम्म पत्तो छैन । यसको बाबजुद छिर्के हानेर आएको क्लाउडबाट भएको वाटरफलमा भएपनि किसानहरूले पन्ध्रअसार भव्य रुपमा मनाए । पन्ध्र असारको उपलक्ष्यमा मर्मफाँटमा रोपाइँ कार्यक्रमको अगर्नाइज गरिेएको थियो । सो प्रोग्राममा एउटा पाहाको सिकार भयो । पानीमा टेकेको, हिलोमा पसेको अभियोग लागेको उक्त पाहाको सिकार गर्न चारओटा क्यामरा र केही पेनहरूले संघर्ष गरेका थिए । मर्मफाँटमा नै आँच आउने गरी गरिएको सो हन्टिङ प्रोग्रामलाई अधिकारकर्मीहरूले भव्यस्वागत गरेका छन् भने यथार्थवादी झुण्डहरू चकित र थकित परेको कुरा हाम्रा सम्वाददाता मुन्द्रे कर्मीले जनाएका छन् ।

४. महाभूकम्पको अनुग्रहबाट उत्साहित भएका बेगरहरूले अन द स्पट बेगिङ सम्मेलन गरेका छन् । हाइब्रिड ड्रेसमा सजिएका बेगर प्रमुखले थाल ठटाएर कमण्डलुलाई डोनरको सामुन्नेमा राखेर प्लिज गिभ अस भिक्षा भनेर चिच्याइ सो कार्यक्रमको उद्घाटन गरेका थिए । माग्नेलाई दिन भनेर फारफार बाट आएका डोनरहरूले भिक्षा दिएको अभिनय गर्दै खाली हात कमण्डलुमाथि टकटक्याएपछि उक्त कन्फेरेन्सको समापन भएको थियो । हाम्रा सम्वाददाता अल्पजीविका अनुसार बेगिङ सम्मेलनमा डोनरहरूले निकै धेरै ठट्टा गरेका थिए । लो स्यालरीका कारण लो डोजको खाना र लो कस्टको नाना लगाएका हाम्रा रिपोर्टरले रिपोर्टिङ गर्दागर्दै अन द स्पट झण्डै डेथ हुने कन्डिसनमा पनि यो रिपोर्टिङ गरेका हुन् ।
नाऊ समाचार द इन्ड
हामीलाई लिसन गर्नुभएकोमा थ्याङ्क यु ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x