सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समाचार समाचार समाचार

Nepal Telecom ad

यो हाम्रो नेसनलिस्ट एफएम, विशुद्घ याने कि प्युर नेपाली सञ्चार माध्यम हो । अब ब्ल्याक प्रसाद शर्मा याने कि कृष्णप्रसाद शर्माबाट समाचार सुन्नुहोस् । पहिलो प्रमुख हिट न्यूज क्लिप्स–

१. वारिपारि पार्टी नेपालले आफ्नो भ्वाइस नसुनेको गुनासो गर्दै छिमैकी देशका पिएमलाई नाकाबन्दी गरी सहयोग गरिदिन हारगुहार गरेका छन् ।

२. नेपाली ल्याङ्गवेजमा हिन्दी र अंग्रेजी मिसाएर यसको नर्म एण्ड भ्यालुज नै इन्ड हुन लागेकोमा भाषाविदहरूले चिन्ता गरेका छन् ।

३. मध्य असारमा पाहाको हन्टिङ भएको छ ।

४. माग्ने याने कि बेगिङ सम्मेलन सम्पन्न ।

अब कमर्सियल बे्रक
(कमर्सियल ब्रेकमा यस्तो बजेको थियो)
हाम्रो नेशनलिष्ट एफएम, विशुद्घ याने कि प्युर नेपाली भाषाको समाचार, सत्य तथ्य आइडिया र थट, न्यूज हट न्यूट हट एक्सप्रेस (कताकतै केटाकेटी छिल्लिएको आवाजले ब्रेकलाई रोमाञ्चकारी बनाएको थियो )

समाचारदाताः अब पूरा याने कि फुल न्युज । अडियन्सहरू ।

१. वारिपारि पार्टी नेपालले आफ्नो भ्वाइस नसुनेको गुनासो गर्दै छिमेकी देशका पिएमलाई नाकाबन्दी गरी सहयोग गरिदिन हारगुहार गरेका छन् । समयबिताम हलमा जति चिच्याए पनि कानसमेत नथुनी हाँसेर सुनिरहेकाले उनले मेजर पार्टीहरू र सभाप्रमुखको विरुद्घ यस्तो कुराको ऐलान गरेका हुन् । आफ्ना कुरालाई बेवास्ता गरिरहे नाकाबन्दी लगाएर यो देशको थिलथिलो पार्ने भन्दै उनले पारी देशका मुख्य मानिससँगसमेत भेटघाट गरेको जानकारी हाम्रा कलम जोर्नालिष्टले भेरी हङ्ग्री हुँदाहुँदै पनि लेखेर पठाएका हुन् ।

२. सञ्चारमाध्यमहरूले नेपालीमा इङ्लीस राखेर बोल्दा र भाषामा अननेसेसरी स्लयाङ हाल्दा र डलरको कलरले समातेका केही भाषाविद भनाउने भाइरसहरूले तोडमोड गर्दा नेपाली लेङवेजको हरिविजोग हुन लागेकोमा नेपलिज भाषाएक्सपर्टहरूले वरी गरेका छन् । नेपाल भाषा बेमतलव प्रतिष्ठानको आयोजनामा आज गणतन्त्रधानीमा भएको एक प्रोग्राममा उनीहरू बोल्दै थिए । यसको उत्थानको लागि छिटै एउटा एजजिओ दर्ता गरेर त्यसमार्पmत विदेशी सहयोग लिई नेसेसरी एक्सन लिइने उनीहरूको दावी छ ।

३. मध्य असार भएपनि वाटर फल भएको छैन । बङ्गालबाट आउने मनसुन कसको भनसुनमा लागेर हो अहिलेसम्म पत्तो छैन । यसको बाबजुद छिर्के हानेर आएको क्लाउडबाट भएको वाटरफलमा भएपनि किसानहरूले पन्ध्रअसार भव्य रुपमा मनाए । पन्ध्र असारको उपलक्ष्यमा मर्मफाँटमा रोपाइँ कार्यक्रमको अगर्नाइज गरिेएको थियो । सो प्रोग्राममा एउटा पाहाको सिकार भयो । पानीमा टेकेको, हिलोमा पसेको अभियोग लागेको उक्त पाहाको सिकार गर्न चारओटा क्यामरा र केही पेनहरूले संघर्ष गरेका थिए । मर्मफाँटमा नै आँच आउने गरी गरिएको सो हन्टिङ प्रोग्रामलाई अधिकारकर्मीहरूले भव्यस्वागत गरेका छन् भने यथार्थवादी झुण्डहरू चकित र थकित परेको कुरा हाम्रा सम्वाददाता मुन्द्रे कर्मीले जनाएका छन् ।

४. महाभूकम्पको अनुग्रहबाट उत्साहित भएका बेगरहरूले अन द स्पट बेगिङ सम्मेलन गरेका छन् । हाइब्रिड ड्रेसमा सजिएका बेगर प्रमुखले थाल ठटाएर कमण्डलुलाई डोनरको सामुन्नेमा राखेर प्लिज गिभ अस भिक्षा भनेर चिच्याइ सो कार्यक्रमको उद्घाटन गरेका थिए । माग्नेलाई दिन भनेर फारफार बाट आएका डोनरहरूले भिक्षा दिएको अभिनय गर्दै खाली हात कमण्डलुमाथि टकटक्याएपछि उक्त कन्फेरेन्सको समापन भएको थियो । हाम्रा सम्वाददाता अल्पजीविका अनुसार बेगिङ सम्मेलनमा डोनरहरूले निकै धेरै ठट्टा गरेका थिए । लो स्यालरीका कारण लो डोजको खाना र लो कस्टको नाना लगाएका हाम्रा रिपोर्टरले रिपोर्टिङ गर्दागर्दै अन द स्पट झण्डै डेथ हुने कन्डिसनमा पनि यो रिपोर्टिङ गरेका हुन् ।
नाऊ समाचार द इन्ड
हामीलाई लिसन गर्नुभएकोमा थ्याङ्क यु ।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad