सुलसुलेविनोदी र आयाम सम्मानित हुने
मोफसलकै सर्वाधिक राशिफलको खेमलाल स्मृति पुरस्कारद्वारा गैंडाकोट नवलपरासीका साहित्यकार गोविन्दराज विनोदी सम्मानित हुने भएका छन् ।
गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले स्वर्गीय बुबा खेमलाल लामिछानेको पुण्यस्मृतिमा स्थापना गरेको उक्त पुरस्कार चितवनको अग्रणी साहित्यिक संस्था चितवन साहित्य परिषद्ले रु. ५० हजारको पुरस्कार राशिसहित पहिलोपटक विनोदीको शूर्पणखा खण्डकाव्यलाई प्रदान गर्न लागिएको जनाएको छ ।
त्यसैगरी परिषद्ले हरेक वर्ष प्रदान गर्दै आएको चिसाप प्रतिभा सम्मान कवि तथा निबन्धकार सङ्गीत आयामलाई प्रदान गरिने भएको छ । कृतित्व र व्यक्तित्वलाई मूल्यांकन गर्दै उक्त पुरस्कार आयामलाई प्रदान गर्न लागिएको परिषद्ले जनाएको छ । आयामका चक्रव्यूह र युद्धपीडाहरू, शरणार्थी उज्यालो र दासहरूको कुम्भमेला कृतिहरू प्रकाशित छन् ।
यस्तै साहित्यकार सरला जोशीलाई चितवन साहित्य सम्मानबाट सम्मान गरिने परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष राजकृष्ण कँडेलको अध्यक्षतामा शनिबार परिषद् भवन नारायणगढमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी असार २९ गते भानुजयन्तीको अवसर पारेर नारायणी कला मन्दिरको सहकार्यमा चितवन साहित्य परिषद्कै भवनमा विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार तथा सम्मान समर्पण गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।
प्रस्तुतिः अरुणबहादुर खत्री ‘नदी’
Subscribe
Login
0 Comments
Oldest












































