साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एसएमसएस गर्दा

Nepal Telecom ad

फोन गर्यो भने
खाली कुरा मात्र तन्काउने
चाहिने नचाहिने कुराले
कन्चटै रन्काउने
त्यसैले फोन गर्ने भन्दा
एसएमएस गर्ने गर्याथेँ
बताउँछु तपाईंलाई साथी
एसएमएस गर्दा
कस्तो कस्तो फन्दामा पर्याथेँ
एउटा कुरा लेख्छु भन्छु
आर्को कुरो भएर जान्छ
थाह छैन एसएमएस पाउनेले
कस्तो कस्तो ठान्छ ।

एक दिन हाकिमलाई
मेरा कुरा पनि सुन
भनी पठाको त
मोरा कुरा पनि सुन
भनी गाको छ
गाली गर्यो भनेर हाकिमसँग
त्यस दिनदेखि
बोलचालै बन्द भाको छ ।

अर्को साथीलाई
तिम्रो सालीलाई चिन्या छु भनी पठाको त
तिम्री स्वास्नीलाई किन्या छु भनी गएछ
साथीलाई त भेटेको छैन
तर सुनेको
त्यो मेसेजले त
उनीहरूको डिभोर्सै भएछ ।

एक पटक
एउटीलाई आइ लब यु भनी पठाको त
अर्कीको बाउको नम्बरमा गाको छ
कसरी भनुँ त्यसपछि के के भाको छ
उसको बाउले घरमै आई
भकुर्नसम्म भकुरो
लुच्चा लफङ्गा डाँका भन्दै
डकार्नुसम्म डकारो ।

आज भोलि फेरि
एसएमएस भन्दा
फोनै गर्ने गर्या छु
एसएमएस पठाउँदा पनि
एक पटक पुनश्च हेर्ने गर्या छु ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x