प्रेम ओली ढकलपुरेटोके जिब्रो टोकिएला
बुढाहरूले चढे पनि
बुढो बाइक चढ्ने हो
भटभटे गुडाउने हो
आफू त युवा परियो
एफजेट त उडाउने हो ।
आफूले त भटभटेमा
डबल सिलेन्डर हालेर
ध्वनि चर्काउने हो
हेलिकप्टरले जस्तो
सहरै थर्काउने हो
बरु मान्छेको होस् कि बाईकको होस्
आन्द्रै भुडी चुडाउने हो
स्कुटी भए पो गुडाउने हो
आफ्नो त भिआर पर्यो
हावाई जहाज झैं उडाउने हो ।
बाबुको धन,
आमाको मन भएपछि
बाईकमा केटी बोकिन्छ
मान्छे ठोकिन्छ
गाडी ठोकिन्छ
मौका मिले पिलेनै ठोकिएला
एक बारको जिन्दगीमा
टोके जिब्रो टोकिएला ।
आफुले त
ट्राफिकले बाटो छेक्न लगाको
बारै उडाउने
पोलमा तर्ल्याङ तुरलुङ्ग झुन्डाइएका
तारै उडाउने हो
सडकमा त रिक्सा गुडाउने हो
आप्mनो त ड्युक प¥यो
हावा झै उडाउने हो ।
तीन सय सिसीको
रोयल इन फिल्ड चलाउने हो
प्वाल पारेर भए पनि
ठुलै आवाज बनाउने हो
मान्छेको त
सातोपुत्लो लिने गरी
सडकमा कुदाउने हो
बाटो छोडेन भने
मान्छेका त के कुरा
साँढेसँग पनि जुदाउने हो
के ठोक्ला सँढेले
के आँफैले ठोकिएला
एक दिनको जिन्दगानीमा
टोके जिब्रो टोकिएला ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































