साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कि कसो ए माइला बाउ

Nepal Telecom ad

उ बेलाको कुरा बेग्लै हो
उ बेला अर्कै थियो भाउ
उ बेला के के मात्र गरिएन हाउ माइला बाउ ?
जाने बुजेको सबै थोक गरियो
कहिले धरापमा परियो
कहिले बारुदमा परियो
मर्ने ता अरु नै थिए
आफूले ता बाँच्नु नै थियो बाँच्ने काम गरियोे
यसैले रातारात नयाँ नयाँ बंकरमा सरियो ।
बार वर्ष जंगल बस्ता बस्ता
मन पनि जंगलबाट भरियो ।
जंगलमा बस्नुको पनि एक सीमा हुन्छ
हो कि होइन माउला बाउ
मैले मात्र जंगलमा कति बस्नु
बंकरमा मात्रै कति पस्नु
के म कुनै फुस्रो जोगी हुँ र
मैले मात्र खरानी घस्नु ?
यसैले माइला बाउ
मैले बेलैमा जंगल छाडें
अबलाई यतै किल्ला गाडें
माइला बाउ तिमी पनि यतै आऊ
अहिलेसम्मलाई हाम्रै छ भाउ
हाम्रो भाउ गिराउने कसको बाउ ??
कि कसो ए माइला बाउ ?
भद्रपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x