साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा डिल्लीरमण शर्माको निधन

Nepal Telecom ad

धादिङ, ०७२ श्रावण ५ । वरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको सोमबार निधन भएको छ ।

लामो समयदेखि दमको रोगबाट पीडित अर्यालको धादिङको निलकण्ठ नगरपालिका– ३ जहरेवरमा रहेको आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९८८ चैत ७ गते धादिङ नलाङमा जन्मेका अर्यालका श्रीरङ्गस्तुति, वेदनिधि, गंगाजमुना, मुटु खायो, गुरुदक्षिणा, थोपल, नेपाल दर्शन लगायतका २५ वटा साहित्यिक, खोजमूलक र भाषा व्याकरणका कृतिहरू प्रकाशित छन् ।

धादिङ साहित्य समाज धादिङका संस्थापक अध्यक्षसमेत रहनु भएका साहित्यकार अर्याल लामो समय शिक्षण पेशामा पनि आबद्ध हुनुहुन्थ्यो । उहाँका २ श्रीमती, २ छोरा र ७ छोरी छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x