सुलसुलेभानुभक्तको सालिक अनावरण
दमक । झापाको दमकमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिएको छ । दमक–११ स्थित मामा चोकमा भानुभक्तको अर्धकदको सालिक निर्माण गरिएको हो ।
आज एक कार्यक्रममा नवनिर्मित सालिकको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सालिक अनावरण गर्नुहँुदै भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनुभएको चर्चा गर्नुभयो ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल तथा विभिन्न स्रष्टाले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा भानुभक्तको योगदान स्मरणीय रहेको धारणा राख्नु भयो ।
सालिक निर्माण गर्न दमक नगरपालिकाले रु तीन लाख खर्चिएको जनाइएको छ । यसअधि दमकको चोक र बजार क्षेत्रमा किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रिय विभूति शङ्खधर शाख्वाको स्मृतिमा सालिक स्थापना भइसकेका छन् ।
यसैगरी दमक–११ को थानारोड पूर्वको मार्गमा समेत कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा अर्धकदको सालिक बनाउन स्थानीयवासीले नगरपालिकासँग माग गरेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































