साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पुटर भाइ

Nepal Telecom ad

सेतोलाई कालो बनाइ दिन्छ
कालीलाई गोरी बनाइ दिन्छ
बुढी बुढी मम्मीलाई पनि
भर्खरकी छोरी बनाइ दिन्छ ।

ल कम्पुटर भाइ
क्याटरिनालाई सनी बनाइ देऊ
करिनालाई हनी बनाइ देऊ
कस्तो चमत्कार !
सन्नीको शरीर क्याटरिनाको शिर
अब सन्नीलाई भन्दा क्याटरिनालाई पिर
कतिलाई त यही कम्पुटरले
झन्नै मर्ने गराको छ
कतिलाई यसैले
आत्महत्या समेत गराको छ ।

फेसबुकमा हेर्नुस् त
कुकुरको शरीरमा
प्रचन्डले टाउको हाली कति नाचेको
सुशीलले पनि गधाको शरीरमा
टाउको हाली कति हाँसेको
कहिले केपी ओली नाङ्गिए
कहिले सुजाता नाङ्गिन
यै कम्पुटर भाइले गर्दा
एउटी साथी फेसबुकबाटै भागिन
उनको वालमा कसले जे पायो हाल्दिएछ
डर्टी पिक्चरको लिङ्क
बिचारीको पेजतिर फाल्दिएछ ।

नेपालमै बसी बसी संसार भरी
यसैले कुरो गराको छ
कतिको बिहेको लगनगाँठो पनि
यसैले जुराको छ
हुलाकी पनि यही
मास्टर पनि यही
औषधि गर्नु परे
डाक्टर पनि यही ।

बच्चादेखि बुढासम्म
सबलाई तानेको छ
कसलाई कस्तो सेवा दिने
यसले जानेको छ
त्यसैले हो कि अचेल युवा पिँढीले
बाआमा भन्दा प्यारो
प्रेयसी भन्दा यारो
यही कम्पुटर भाइलाई मानेको छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x