साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्बुद्धि विनोद

Nepal Telecom ad

कहाँ थियो वास बता तँ को थिइस् ?
कसो हुँदा यो दरबारमा पुगिस् ?
फिर्छस् तँ कैले कुन साथ लीकन,
थाहा तँलाई छ कि छैन हे मन ?

यतै म बस्थें अघि ता घुनै थिएँ,
मन्त्री हुनासाथ म ता सुनै भएँ ।
फिर्नेछु चाँडै धनवान भैकन,
थाहा तँलाई छ कि छैन हे मन ?

बुढो भएँ केश सबै झरी गए,
बत्तीस आफ्नै घरमा सरी गए ।
तथापि यो यौन छ उर्लँदो किन
थाहा तँलाई छ कि छैन हे मन ?

अचार्य व्यासासनमा बसेका,
ती ब्रह्मचारी सबले गनेका,
मान्छे लुकी प्रीत लगाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?

विद्वान् धनी प्राज्ञ र वर्दिधारी,
भिरेर प्राध्पापकको उपाधि ।
कनीकनी गेस पढाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?

जस्को छ सत्ता त्यसकै छ भत्ता,
चम्चे भरौटे उसका प्रयोक्ता ।
तथापि आहारिस गर्दछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?

उही कुलो खेत बिउ सबै उही,
उसै गरी रोपिदिए कतै कहीं ।
उम्रन्न बीजादिक गर्भमा किन,
थाहा तँलाई छ कि छैन हे मन ?

पत्नी घरै छे छ विदेशमा पति,
पठाउँछ प्राप्त कमाइ जे जति ।
तथापि सोझै लज धाउँने किन,
थाहा तँलाई छ कि छैन हे मन ?

पत्नी सुशीला र मनोरमा अनि,
पतिव्रता झन् नवयौवना पनि ।
छँदा छँदै पर्तिर भ्याउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?

बोकाहरू मात्र सयौं हजारन,
छानेर नारे पनि धान झारन ।
सकिन्न गोरुद्वय चाहियो किन,
थाहा तँलाई छ कि छैन हे मन ?

नेपाल फुट्तै छ कि जोडिंदै छ,
जातीयता झन् किन बौरिदै छ ।
नेपाल भाँड्ने सब हुन् ठुला जन,
थाहा तँलाई छ कि छैन हे मन ?

यहाँ दुले चोर्हरु राज गर्छन्,
यो देशलाई पनि भाग गर्छन् ।
त्यो मोदिले खर्ब दियो यहाँ किन ?
थाहा तँलाई छ कि छैन हे मन ?

गरीब माग्ने कति छन् बिहारमा,
घरैबिनाका अति छन् बिहारमा ।
तथापि एक् खर्ब दिनू यहाँ किन ?
थाहा तँलाई छ कि छैन हे मन ?

मातापिता बृद्ध तथा अशक्त छन्,
सुपुत्र बृद्धाश्रममा सशक्त छन् ।
छोरा भएमा अब फुर्कने किन,
थाहा तँलाई छ कि छैन हे मन ?

तँ जन्मिदा अम्मृत दूध धारा,
बगाउँदै जीवनको सहारा ।
बन्ने यि गोवंश छिनाउनू किन ?
थाहा तँलाई छ कि छैन हे मन ?

जोडी कुनै ढुक्कुरको अति प्रिय,
एकात्ममा रम्छ सधैं सधैं तर,
पत्नी बितेकै क्षण ल्याउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?

बं बं गरी बंबुटिमा रमेर,
लुगा पँहेला सबले भिरेर ।
ठिटाठिटी बोल्बम धाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x