चूडामणि रेग्मीके हो चाला !
१. फेरि फेरि उनै रूप उनै उनै चाला !
कस्तो उस्तो वज्र छाप ! कस्तो दरो चाला !
२. सिमेन्टी पो दरो भन्थे ! धररा नै ढल्यो !
कस्ता पुल ! कस्ता घर ! ढले ! के हो चाला !
३. जुन गोडो जता टेक्यो ! भासिएला ! डर !
जता भोट उतै नोट ! देश के हो ! चाला !
४. जता हेर्यो उतै भ्वाङ ! कस्तो माटो भयो !
धर्तीपुत्र दास बने के हो ओहो ! चाला !
५. यो माटाको विचित्रका के के बढे चाला !
जता हेर्यो उल्टै देख्छु विचित्रकै चाला !
६. चुस्न पाए बाच्छाहरू धम्की हान्ने आहा !!
जुकाका त बाबु मान्छे ! के खाले हँ ! चाला !!
७. उता जाती भन्यो ! तर उतै खत्तम् ! क्या’र्ने !
जता हेर्यो उतै राक्से ! जुगको के चाला !
८. कस्सी कस्सी यता आयो ! लोपर्न पो खोज्छ !
बाबा रे हो ! सोझोलाई कस्तो घेर्ने चाला !!
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































