साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बौलाह मान्छे

Nepal Telecom ad

यो देशलाई सिङ्गापुर बनाइ दिन्छु
यो देशलाई कोलालम्पुर बनाइ दिन्छु
चौराहमा एक बृद्ध बोल्दैथे
सायद पिसाबले च्यापेको रहेछ
सुरुवाल पनि खोल्दै थे
मान्छेले भन्दै थे
कहाँबाट आका हुन् यी नौलो मान्छे
पक्कै नेता हुनुपर्छ,
बिचरा बौलाह मान्छे ।

बिच सडकमा
एउटा अधबैँसे
भाषण ठोक्दैथ्यो
राम्रै कुरा पोख्दैथ्यो
भ्रष्टाचार मुक्त बनाउँछु देश
शिष्टाचार युक्त बनाउछु देश
मान्छेले कुरा सुन्दै थे
तर पनि भन्दैथे
को हुन् यी नौला मान्छे
कहाँका हुन् ! बिचरा बौलाह मान्छे ।

एक जना
सुरुवाल भोटीमा लाएका
ढाका टोपीमा आएका
चोकमा भाषण गर्दैथे
मान्छे पनि हेर्दैथे
यो देशलाई टुक्रिन दिन्न
राष्टघातीलाई डुक्रिन दिन्न
राष्ट्रिय एकता जिन्दावाद
बिदेशी हस्तछेप मुर्दावाद ।
मान्छे ठाडाठाडा कान पार्दैथे
मुखा मुख गर्दैथे
कहाँबाट आए यी नौला मान्छे
कुरा त राम्रै गर्दा रहेछन्
को रहेछन् यी
बिचरा बौलाह मान्छे ।
दाङ, हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x