साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्र गोमन डस्तछ

Nepal Telecom ad

बजाई घण्टी मन्दिर्मा भगवान् पुकारेँ कति
चढाएँ फूल अक्षता सामर्थ्यले सकेँ जति
मेरो आस्था र विश्वाश नबोली किन बस्तछ
अन्धविश्वास पो हो कि भित्र गोमन डस्तछ ।

सुखमा संझी के हुन्छ दु:खमा संझिएँ कति
धुप दीप र नैवेद्य चढाएथेँ सके जति
सधै चुप्चाप पो उ त अड्डी कसेर बस्तछ
अन्धविश्वास पो हो कि भित्र गोमन डस्तछ ।

आपत् विपतमा मैले अझै सम्झेँ कति कति
जति सम्झे पनि उस्ले दिएन दृष्टि एक् रत्ति
न त उ गर्छ इशारा न त एक् शब्द बोल्दछ
अन्धविश्वास पो हो कि भित्र गोमन डस्तछ ।

तेरो मेरो भनि मान्छे उसैका निम्ति लड्दछ
भगवान् भए दानव मान्छेमा किन चढ्दछ
देश र जात जातिमा किन पो उ विभक्त छ
अन्धविश्वास पो हो कि भित्र गोमन डस्तछ ।
झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शिवरामको छोरो पनि मुन्द्रिएछ

शिवरामको छोरो पनि मुन्द्रिएछ

देवीचरण भण्डारी ‘सरोज’
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x