साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोजूँ मान्छेपना कहाँ ?

Nepal Telecom ad

सजाइन्छन् जहाँ जुत्ता र्याकमा काइदासित
अलपत्र थुपारिन्छन् भुइँमा तर पुस्तक

ठानिन्छन् तुच्छ, बेकम्मा मूल्यवान् सिर्जनाहरू
पुजिन्छन् देवतातुल्य गहनागुरियाहरू

जहाँ कुकुरको मान, मान्छेको अपमान छ
पराई त पराई, झन् आफन्ती बेइमान छ

छ ‘राम’ मुखमा किन्तु मनभित्र ‘हराम’ छ
स्वाँग पूजनको भव्य, स्वार्थ नै पुण्यधाम छ

मान्छे पशुहरूभन्दा–दैत्यभन्दा झर्यो तल
मान्छेबाटै छ मान्छेका नेत्रमा आँसुको भल

मौलायो सभ्यता कस्तो बस्यो संस्कार–पद्धति !
लिई संस्कृतिको स्थान झाङ्गिएको छ विकृति

जो त हो सृष्टिको श्रेष्ठ प्राणी, हुन्छ उही खल ?
आश्चर्य ! किन मान्छेको चेतना यति दुर्बल ?

अन्यायी–अविवेकीको बोलबाला जहाँतहाँ
म मान्छे, आज मान्छेको खोजूँ मान्छेपना कहाँ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x