साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तालिका भोका

Nepal Telecom ad

के के न होला भन्दै
आमसभामा गइयो
घाम पाकेर पाकेको आम भइयो
यसो गर्दा पनि ताली
उसो गर्दा पनि ताली
खाली ठोक्ने काम पाइयो ।

उदघोषक भन्छ
हाम्रा महान् पार्टीका
महान नेता आउनु भो
स्वागतमा ठोकाैँ ताली
आशनमा ताली
भाषनमा ताली
ताली ठोक्याछ ठोक्याछ खाली
न त्यो भाषन रासन आउने
न जनताको शासन आउने
जे पाउने खाली नेता पाउने ।

टिकट भिराएपछि कार्यक्रममा गयो
लोक गीत भन्दै ¥याप गाउँछ
आधुनिक भन्नेले झ्याप गाउँछ
जसले गाए पनि
खाली ताली खै त ताली भन्दै आउँछ
एउटा घोडा झै हिनहिनाउँछ
अर्को गधाको स्वरमा गाउँछ
जति गधा आए पनि
खाली ताली ठोक्न लगाउँछ ।

उङ्दै भए पनि
झुङ्दै भए पनि
ठोक्याछ ठोक्याछ ताली
कति बिचराले थाकेर
दिँदा हुन् कति गाली
एक पटक टिकटमा
चलेका कलाकारको फोटो हेरी
कार्यक्रम हेर्ने भनी पसेँ
पछाडि सिटमा लुसुक्क बसेँ
उफ ! फस्नुसम्म फसेँ
एउटाको स्वर छ
पानी नभाको धारा जस्तो
अर्कोको स्वर छ

भैँसीको पाडो कराए जस्तो
उनीहरूले पनि ताली मागेपछि
वाक्क लागेर म त निदाएछु
क्या बेमान !
सपनामा पनि ताली मागेछन्
बिउझिँदा हेर्छु त कोही छैन
कलाकार बाहेक त सबै भागेछन् ।

बाहिर जाँदा कसैले भन्दैथ्यो
गाउन पनि राम्रो पो गाउनु पर्छ
ताली भनेको त मनैदेखि पो आउनु पर्छ ।
नेता हुन् कि गायक
खलनायक हुन कि नालायक
तालिका कति भोका
जबरजस्त भए पनि दिनु पर्ने
डोकाका डोका
वाक्क भएर होला दर्शकले पनि फाल्ने
जुत्ता चपल, गोलभेँडा,
अनि प्लास्टिकका पोका ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x