रणबहादुर बुढाथोकी ‘भैया’ठुल्दाइ
ठुल्दाइ देशको मैं हुँ भाँडभैलो चलाउँछु
आगो टायरमा लाई कुर्सी पैसा फलाउँछु
परम्परा पुरानो भो फेर्नुपर्छ जसै गरी
दादागिरी गरी आज राज्यसत्ता गलाउँछु
छुट्टै राज्य दिई हाल छुट्टै देश बनाउँछौ
खनजोत तिमी गर्नू टुप्पाबाट पलाउँछु ।
जालको खेतमा गाल रोपी राज्य उमार्नुछ
भाइको पसिना खोसी यसैलाई हलाउँछु ।
को को मर्छन् मरून् मैले बाँच्नुपर्छ यहाँ तर
देशको लासमा आफैं दाग वत्ती जलाउँछु ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































