साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योग्यता भो धराप

Nepal Telecom ad

‘हाम्रा’ हुन्छन् सफल किन हो योग्य खेदिन्छ, डर्छ
बत्ती आफ्नो वरपर भए मात्र आलोक छर्छ ।
नातागोता, भनसुन कृपावादले काम दिन्छ
देखे पैसा जटिल, नहुने काम चाँडो सकिन्छ ।।

सालासाली जति पनि थिए जागिरे भै सकेछन् ।
मन्त्री ऐले अरबपति भै गाउँ छाडी गएछन् ।
पैसा पाई सकल दलका कार्यकर्ता खुसी छन्
’राम्रा’ मान्छे पहुँच नपुगी खिन्न, झन् बेखुसी छन् ।।

आफ्नो राम्रो सब तर अरूले गरे हुन्न राम्रो
बोली फेर्छन् पलपल उही हुन्छ राम्रो, नराम्रो ।
हुन्छन् साना विषय, झगडा गर्न अभ्यस्त नेता
लड्छन् आफू हरदिन सबै बन्न खोज्छन् विजेता ।।

भ्रष्टाचारी सबतिर पुगे बन्छ आदर्श पासो
यस्तै चाला दिनदिन हुँदा कानुनी राज हाँसो ।
गै गो हाम्रो विगत गरिमा राज्य लाचार बन्दा
सत्ता, पैसा, तिकडम ठुलो आज यो देश भन्दा ।।

गल्ती गर्दा दलबल भई गर्दछन् ढाकछोप
पैसा खाई नियम नमिले के भयो लाग्छ तोक ।
राम्रो गर्दा सहन नसकी दिन्छ मान्छे सराप
आफ्ना मान्छे सबल नहुँदा योग्यता भो धराप ।।
बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x