साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प चाहिन्छ र ?

Nepal Telecom ad

उर्जालाई बहाई बाहिर कतै गाडी यहाँ चल्छ र ?
बोटै बेचिदिए अमूल्य फलको माटो यहाँ फल्छ र ?
हाम्रा जो छहरा त्यतातिर गए चक्की यता चल्छ र ?
बत्ती बल्न त चाहियो नि प्रतिभा त्यस्सै कहाँ बल्छ र ?

व्यर्थै झर्न दिए नयाँ रहरका नौला पखेटाहरू
के सक्ला र उडान भर्न सपना पस्कन्छ झस्का बरु
नेपाली जति सक्किए यदि भने नेपाल माटो न हो
हिँड्ने मानिस हो सजीव गतिले सिद्धान्त बाटो न हो ।

खै एउटै पनि देखिएन कि कसो सिद्धान्त बाँच्ने जन ?
आदर्शै नभए हुने र कसरी नेता सृजेतापन ?
हाम्रो लागि त राजनीति पनि भो सुक्खा खडेरीसरी
आफै बादल भो पियक्कड भने पानी झरोस् के गरी ?

भ्रष्टाचार बन्यो नयाँ धरहरा चढ्नु त्यहाँ शान भो
जो हो साबिक त्यो ढल्यो र कतिको बेथाहमा ज्यान गो ।
शिक्षा बन्न सकेन तैपनि कठै भूकम्प भिक्षा बन्यो
लाजै धर्धरी च्यात्तिने गरी झनै दुष्कर्म दीक्षा बन्यो ।

हामी हौँ जनता निरन्तर नता डाडू ‘ज’ ले जीवित
डाडू बाँड्न निमित्त चल्छ करमा आफू सदा वन्चित
चल्दैछन् सरकारका करहरू भत्तेरझैँ शासन
नेता हाकिम भोजराजहरू छन् तिनकै छ यो आसन ।

काला जो धमिरा थिए विगतका सेता पहेँला भए
खैरा मिश्रण जे भए ती त भए, राता पनि देखिए ।
यी सारा धमिरा विनाशक किरा सल्कीरहेको घर
यो यस्तो यो घर ढल्न धूलिन कुनै भूकम्प चाहिन्छ र ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x