साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाटे कारवाही

Nepal Telecom ad

भाटाले टाउकामा बजाएर रिस उठेका मान्छेलाई सजाय दिने तरिकालाई भाटे कारवाही भनिन्छ । यसले कानुनी कारवाहीसँग सौताको सम्बन्ध राख्छ । भाटा खसालेर निर्धोको ढाड बसालेपनि भाटे कारवाही नै हो । बढी बोल्छस् ! भन्दै लाटालाई चारवटा दाँत घाटा पार्दिएपनि भाटे कारवाही भन्न मिल्छ । भाटा नै बजार्नुपर्छ भन्ने छैन । चारपाटा मोडेर बाटामा घिसारेपनि कुरो उही हो । भाटे कारवाही पनि उहिलेका राजा–महाराजा जस्तै हो । संविधान र कानुन भन्दा माथि । न त कानुनले भाटे कारवाही गर्न पाइँदैन भन्छ, न त यस पेशामा लाग्नेलाई आफैले कारवाही गर्न सक्छ । यस अर्थमा पनि चेलिबेटी बेचबिखन भन्दा भाटे कारवाहीको इज्जत ज्यादा छ ।

भाटे कारवाही गर्नुलाई कानुन हातमा लिएको भन्नु त मूख्र्याइँ हो । कानुन माथमा लेखेर भाटा पो त हातमा लिएको । निधारैमा कानुन लेखेर हातमा भाटा नचाउँदै हिँड्दाखेरि जस–जसलाई जता–जता लाग्छ उनैले जानुन् । कारवाही गर्ने बडो गजबको संस्कृति हो भाटे कारवाही । कानुनले दिएको सजायको साटो प्रकृतिले दिएको भाटा प्रयोग गर्ने संस्कृति । नेपाल र नेपालीका पहिचान बोकेका विभिन्न संस्कृतिहरूलाई काइते भन्दै घाइते पारेपछि नयाँ संस्कृतिहरू भित्र््याउनु परेन त ! नयाँ संस्कृतिहरूमध्ये पनि कपडाहरूको लम्बाइ गन्तव्यसम्म पनि नपुग्दै टुङ्गिएर छोरीहरू बुङ्गिदैजाने संस्कृति भन्दा यो भाटे कारवाही गर्ने संस्कृति उत्तम छ ।

भाटे कारवाही प्रथाको विकासको श्रेय त धम्कीवादी पार्टीलाई नै जाला । तर त्यो पार्टीले पनि पूँजीपति, नोकरशाही, सामन्ती, तानाशाही यथास्थितिवादी र प्रतिगामीहरू कसैले पनि टेरपुच्छर नलाएपछि सो विधि अपनाएको खुल्न आएको छ । यो प्रथा मन नपराउनेहरू पनि नभएका चाहिँ होइनन् । नेपाली भ«ष्टाङ्ग्रेस पार्टी, राजातन्त्र पार्टी, नेकपा झालेमाले पार्टीका लोकल भालेहरूले यसलाई रुचाएका छैनन् । आफै समेत भाटे कारवाहीमा परेर टाटेपाटे होइने हो कि भन्ने चिन्ताले यिनलाई खुब सताउँछ । आँखामा पट्टी बाँधेको अन्धो कानुनले न त केही लछार्न सक्छ न त कसैलाई पछार्न सक्छ भन्ने कुरामा ढुक्क भएर नै कानुनी कारवाहीको कुरो उठाउँदारहेछन् एकथरी । केशमा चायाँ छ कि छैन भनेर हे¥याजस्तो देशमा कानुन छ कि छैन भनेर थुप्रैबेर घोत्लिनुपर्ने अवस्था रहेको हाम्रो देशमा भाटे कारवाहीको विकल्पै छैन भन्दारहेछन् अर्काथरी । गिरिजाबाबुजस्तो क्या ! अरु अनेकौँ उपायहरू भएपनि विकल्पचाहिँ नहुने ।

भाटे कारवाही आफैमा खराब त होइन तर धेरैजसो बेठीक ठाउँमा परेर अलिकति अप्ठ्यारो पार्दोरहेछ । कैलेकाहीँ के हुँदोरहेछ भने भाटे कारवाहीमा परेर बिचरा सोझा शिक्षकको चक समाउने हातले सदाका लागि छुट्टी पाउँदोरहेछ । निष्पक्ष पत्रकारको पनि कैलेकाहीँ स्वर्गतिर सरुवा हुँदोरहेछ । सोझासिधा व्यापारी व्यवसायीको पनि स्वर्ग र नर्क छुट्टिने दोबाटोमा व्यवसाय फस्टाउँदोरहेछ । भाटे कारवाही गर्दाखेरि त अलिअलि लुगामात्र फाटेको हुनुपर्ने, एकदुईठाउँमा मात्रै सानोतिनो काटेको हुनुपर्ने तर यहाँ त धेरैजसो जिन्दगी नै मृत्युसँग साटिँदोरहेछ । एकतीसवटा गुणैगुण भएको भाटे कारवाहीको एउटा अवगुण भनेकै त्यत्ति हो । धेरैजसो केशमा मान्छे नै चैट हुने । भाटे कारवाही वास्तवमा जनकारवाही र भौतिक कारवाहीकै मीतछोरा हो । जनताले नै आफूखुसी जनतालाई कारवाही गर्नु जनकारवाही हो भने नैतिक तरिकाले अङ्ग भङ्ग हुनेगरी राम्रोसँग मालिस गर्नु भौतिक कारवाही । तर यी तिन्टैको रहनसहन र बानीपानी सिद्धान्ततः सेम–टु–सेम, दुरुस्तै, उस्तै हो । यसको व्यापक बिरोध भएपनि नियमिततामा कुनै माइकालालले अबरोध पु¥याउन सकेको छैन । परापूर्वकालदेखिनै यसकिसिमको प्रथा चलिआएको कुरा उहिलेका राजामहाराजाका हातमा भएको राजदण्ड नामको भाटोले पनि पुष्टि गर्छ । “भाटो देखेपछि लाटोपनि बाटो लाग्छ” भनेर त्यसै भनिएको होइन । अर्कोतिर शान्तिसुरक्षार्थ खटिने प्रहरीहरूका हातमा पनि डण्डा नामको भाटा हुने गर्छ । डण्डा सोझ्याएपछि आन्दोलनकारीहरू समेत झण्डा फालेर टाप कसेको हामीले देखेभोगेकै कुरो हो । बैज्ञानिक युग भएकोले अचेल भाटाको ठाउँमा भटटट गर्ने फलामको भाटो हुन थालेको न हो ! तर असली भाटाको परम्परागत अस्तित्व र इज्जतलाई ध्यानमा राखेर यसलाई नयाँ नेपालमा थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

मेरो बिचारमा त नयाँ संविधानमा कानुनी कारवाहीको कुरै नगरेर सीधै भाटे कारवाही गर्ने भनेर उल्लेख गर्दिए हुन्छ । त्यति भएपछि अन्धो कानुनको शरणमा जानुपनि नपर्ने, फैसला सजाय सुनाउन थर्कमान हुने न्यायपालिकामा प्रतिव्यक्ति दश–वीस हजारका दरले चियाखर्च बाँड्दै हिँड्नुपनि नपर्ने । बस् जसलाई, जहाँ, जहिले, जसरी कारवाही गर्न मन लाग्छ स्वतन्त्र र निष्पक्ष ढङ्गले भाटे कारवाही गर्दिए भैगो । दुनियाँलाई के को दुःख ! बुद्धि पु¥याए सबैलाई सुख ।

फुरौला (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x