साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको रगत

Nepal Telecom ad

बल्ल बल्ल बुढीले बढीलाई डाक्टरको क्लिनिकमा पु¥याइन् ।

तपाईँको श्रीमान् पहिले कस्तो हुनुहुन्थ्यो ?– शारीरिक जाँचमा क्यै नभेट्टाएपछि डाक्टरले सोधे ।

पहिले त भयंकर सज्जन ! डरलाग्दो इमानदार र चरित्रवान मेरै बुढा थिए । अस्पतालबाट फर्केपछि त उपद«ो हुन थाल्यो । मेरा राम बुढा रावण जस्ता भए । अचेल त जुवा खेल्न पाए र केटी खेलाउन पाए क्यै चाहिन्न । कस्तो भलादमी मान्छे । अब त चोर, डाँका र तस्करहरूको संगत छ । आँखामा राख्दा पनि नबिझाउने मान्छे अचेल बिग्रेर समाजमा राख्न पनि नसकिने भइयो, डाक्टर सा’ब ! बुढीले धर्म नछाडिकन गाँठी कुरो खोलिन् । फुर्सत भा’हुनाले सँुक्क सुँक्क पनि गर्न थालिन् ।

डाक्टरले रोगीको पत्नीसँग अस्पतालको सम्पूर्ण कागजपत्र लिएर भने, ‘यसको कारण दुईचार दिनपछि मात्र पत्तो लाग्छ, अहिले तपाईँहरू जानुस् ।’

केही दिनपछि डाक्टरले बुढीसँग रहस्य खोले, मैले अस्पतालमा सबै कुरो राम्ररी बुझेँ । तपाईँको श्रीमान् विमारी परेर रगत दिँदा गल्तीले कुनै नेताको रगत परेछ । ती नेताको नाम मैले भन्न मिल्दैन । देशका ठूलै नेता हुन् । यो पनि एड्स जस्तै रगतबाट सर्ने रोग हो । नेताको चरित्रमा भएको एड्स रगतबाट सरेछ । यसलाई हाम्रो डाक्टरी भाषामा चारित्रिक एड्स भन्छन्– क्यारेक्टरिस्टिक एड्स !

थानककाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x