फित्काैली डटकमअठोट
कस्ता हुन्छन् नेताहरू कस्ता हुन्छन् माग्ने
एक दुई पैसा दिँदाखेरी लिन्न भन्छन् तिन्ले
कमाउन साह्रे कठिन दिनलाई झन् गाह्रो
मौका पाउँदा छाड्ने छैनन् आफ्नै भनाउँदाले
कसको विश्वास गर्नु यहाँ कसको भर पर्नु
आफ्नो हो कि जस्तो गर्छन् आफूलाई चाहिँदा
प्रयोग गर्छन् अरुलाई आफ्नो काम पर्दा
जब आफ्नो काम बन्छ अनि छोड्छन् खुट्टा
‘मै हुँ’ भन्नेलाई एकदिन पल्टाउन सक्छ
भुकम्पको धक्काले मmैँ धकेल्दिनु पर्छ
यही अठोट गरौँ हामी सबले मनन गरौँ
बुद्धि विवेक पुर्याएर हामी अधि बढौँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































