सुलसुलेमुक्तक सङ्ग्रह विमोचन
काठमाडौँ, भद्र २८ । इलामका साहित्यकार शिव अधिकारीको मुक्तकसंग्रह बुकी फूलको माला नेपाल प्रज्ञा प्रतिस्थानका उपकुलपति डा बिष्णु बिभु घिमिरेले एक भब्य समारोहमा बिमोचन गर्नुभयो ।
त्रिपुर साहित्य समाजका संयोजक महेश प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमोचित मुक्तकसंग्रहबारे प्रा. डा. राजेन्द्र सुबेदीले समीक्षा गर्नुभएको थियो भने मुक्तककार शिव अधिकारीको व्यक्ति परिचय रमेश सुभेच्छुले गर्नु भएको थियो ।
विमोचित उक्त मुक्तकसंग्रह नेपाली साहित्यमा अहिलेसम्म कै ठुलो मुक्तकसंग्रह भएको कुरा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष्य रामकाजी कोनेले बताउनु भयो । संग्रहमा ११११ वटा मुक्तक छन् । साहित्यकार एबम कवि कृष्ण प्रधानले मुक्तकको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट साहित्यकारहरू एबम मुक्तककारहरूले मुक्तक बाचन गर्नु भएको थियो । अशेष मल्ल, बिनोद अस्रुमाली, रामकाजी कोने, रमेश पौडेल, शैलेन्द्र साकार, नारायण तिवारी, महेश प्रसाई, डम्बर घिमिरे, विश्व विमोहन श्रेष्ठ, गणेश रसिक, ध्रुब मधिकर्मी, ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, दिब्य गिरी, नरेन्द्र राज पौडेल, लय संग्रौला, धीरकुमार श्रेष्ठ, उषा तिवारी, रमेशजंग सिजापति आदिले मुक्तक र कविता बाचन गर्नु भएको थियो ।
कार्यक्रममा कथाकार अनिता तुलाधर, प्राज्ञ तोया गुरुङ, मुक्तककार उषा शेरचन, गीतकार गणेश रसिक, नाटककार अशेष मल्ल, बिश्व बिमोहन श्रेष्ठ, प्रा.डा. निर्मोही ब्यास, रत्न कोजु, रामगोपाल अशुतोस, आदिको विशेष उपस्थिति थियो ।
Subscribe
Login
0 Comments
Oldest












































