साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यु ब्यूटी पार्लर

Nepal Telecom ad

ल आउनुहोस् ढुक्क भएर
तपाईं भूत जस्ती भए पनि
तपाईंको अनुहार
एक छिनमै फेरिन्छ
लामो नाक भए पनि
च्वाट्ट काटेर छोटो पारिन्छ
छोटो कपाललाई पनि
लामो लरक्क पारिन्छ
यताको भाग उता सारिन्छ
उताको भाग यता सारिन्छ
जसरी हुन्छ तपाईंलाई
चिटिक्क पारिन्छ
गए दुईचार पैसो जाला
ल आउनुहोस्
एक दिनको जिन्दगीमा
के पो फारिन्छ ।

थ्याप्चो नाकलाई पनि
गोलो पारिन्छ
फ्यात्त परेको गालालाई
डोलो पारिन्छ
ल्यात्त झरेका गाला
माथि सारिन्छ
माथि सरेका आखीभौँ
तल झारिन्छ
तपाईंको हाँडीघोप्टे मुहारलाई
टलक्क पारिन्छ
गए दुई चार पैसा जाला
आउनुहोस्
एक बारको जिन्दगीमा
के पो फारिन्छ ।

फोक्सी परेका गालालाई
पाटा पारिन्छ
खाक्सी परेका छालालाई
भाटा मारिन्छ
चाम्री परेका छाला भए पनि
दाम्री परेका गाला भएका पनि
ताछेर होस् कि टाँसेर होस्
काटेर होस् कि गाँसेर होस्
तपाईंलाई जसरी हुन्छ
झलक्क पारिन्छ ।
गए दुई चार हजार जाला
आउनुहोस्
एक दिनको जिन्दगीमा
के पो फारिन्छ ।

च्यातिएका छालामा टालो हालिन्छ
खाल्टो परेकोमा पनि जालो हालिन्छ
लट्टा पारी दिन्छौँ
जटा पारी दिन्छौँ
भन्नुहुन्छ भने
चाउ चाउ जस्तो
फेटा पारी दिन्छौँ
घुम्रे कपाल भए पनि
झुम्रे कपाल भए पनि
जुम्रे कपाल भए पनि
लिखटोले झारिदिन्छौँ
जसरी हुन्छ तपाईंलाई
झक्कास पारिन्छ
गए दुइचार सय त जाने हो
आउनुहोस्
एक बारको जिन्दगीमा
के पो फारिन्छ ।

तपाईंलाई राम्री देखेपछि
तपाईका बुढा पनि दङ्ग हुने
बुढो द्ङ्ग भएपछि
तपाईंमा पनि उमङ्ग हुने
दङ्ग उमङ्ग मिलेपछि
तरङ्गै तरङ्ग हुने
रुप राम्रो नभएपछि
कतिका सौता आका छन्
राम्री बन्न नसक्नले डिभोर्सै पाका छन्
बुढाले मान्छन् भने
फकाएरै आउनुहोस्
मान्दैनन् भने
तरकारी किन्ने पैसोले
थोरै पकाएर आउनुहोस्
गाडे गोर्चे भए पनि
तपाईंलाई चिटिक्क पारिन्छ
आउनुस् हाम्रो न्यू ब्युटी पार्लर
एक दिनको जिन्दगीमा
के पो फारिन्छ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x