साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वभरका साहित्यकार जापानमा

Nepal Telecom ad

टोकियो (जापान), असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन शनिबारबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको इकेगामी खाइकानमा बिहान १० बजेबाट सुरु भएको सम्मेलनमा वरिष्ठ साहित्यकार तथा समाजका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेलसमेत सहभागी हुनुभएको छ । उहाँहरू सम्मेलनका लागि चार दिनअघि नै जापान पुग्नु भएको थियो ।

यसअघि अमेरिका, बेलायत, अमेरिका हुँदै चौथो सम्मेलन जापानमा पहिलो पटक भएको हो । सम्मेलनमा भाग लिन अमेरिकाबाट श्रीमती चन्दादेवी सुवेदी, अस्टे«लियाबाट भीमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी र रिपेश गुप्ता, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, भुटानबाट छत्रपति फुयाँल शुक्रबार टोकियो आइपुग्नु भएको छ ।

दुई दिवसीय सम्मेलन अन्तर्गत भोलि आइतबार सिनओकुबोमा गरिने आयोजक तथा कार्यक्रम संयोजक प्रकाश माइलाले जानकारी दिनुभयो । सम्मेलनमा तीन दर्जनभन्दा बढी साहित्यकार सहभागी भएका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x