साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता फुकाल्न मनाही छ

Nepal Telecom ad

मेरा मित्र लोकेले
एउटा अफिस खोले
यसको नाम राखे, जय भोले
अफिस सामान्य थियो
जो पनि जुत्तैसँग आउँथे
आउनेहरूले जुत्तासँगै
कसैले धुलो ल्याउँथे
कसैले माटो ल्याउँथे
कोही गोबर बोकी आउँथे
हुँदा हुँदा कोही त
मान्छेकै गोबर बोकी ल्याउँथे ।

एकतिर सफा गर्याछ गर्याछ
अर्को तिर फोहर पर्याछ पर्याछ
दिक्क भए पछि
एक दिन लोकेले
पुरानो कार्पेट फाले
नयाँ कार्पेट हाले
कृपया जुत्ता बाहिर लेखेर
नयाँ नोटिस टाले ।

त्यसपछि त झन
ओ हो ठहरै पार्न थाल्यो
मोजाको गन्दको पर्राले
के धुवाथ्र्याे त्यसरी
एक पाने ठर्राले
कसैको मोजाले नाकै परपराउने
कसैको मोजाले आँखै फरफराउने
कसैले मोजा कुर्कुच्चै देखिने ल्याको छ
कसैको मोजाबाट बुढी औंलाले चियाको छ
कसैको मोजाले यति ध्वार्ने कि
स्वास बुजिएर झन्नै मान्छे मार्ने
कसैको मोजाले वाकवाकी आउला जस्तो
कसैको मोजाले त आन्द्राभुँडी नै उल्टाएर
ख्वात्त बाहिर ल्याउला जस्तो ।

मित्र लोकेले
नयाँ कार्पेट फाले
फेरी त्यही पुरानो कार्पेट हाले
र अर्को नोटिस टाले
आगन्तुक ज्युहरूलाई यो जनाइ छ
अब उपरान्त जुत्ता फुकाल्न
सबैलाई सशक्त मनाही छ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x