साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रा.डा. गिरी सम्मानित

Nepal Telecom ad

काठमाडौंं, १ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीलाई सम्मानित गरिएको छ । पञ्चकुमारी गुठी कोटेश्वर, वानेश्वर क्याम्पस शान्तिनगर र रत्नराज्य उच्च मा.वि. को संयुक्त आयोजनामा भएको मोती जयन्ती, कविगोष्ठी तथा स्रष्टा सम्मान समारोहमा उहाँलाई सम्मान गरिएको हो ।

प्रा.डा. गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता प्रतियोगितामा उत्कृष्ट ठहरिएका कविहरूलाई नगद पुरस्कार, सम्मान पत्र र पुस्तकहरू प्रदान गरिएको थियो । प्रतियोगितामा सामेल १२ जना कविहरू मध्ये रोशन निरौला, सन्देश लामिछाने, सरोज उप्रेती क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । सन्तोष निरा र लक्ष्मी श्रेष्ठलाई शान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

अप्रतियोगी विशेष कविगोष्ठीमा रमेश खकुरेल, पीताम्बर दाहाल, महेश्वर न्यौपाने, प्रल्हाद पोख्रेल, कलाधर काफ्ले, डा. सीता खरेल, कोषराज न्यौपाने, गाउँले बलदेव, रमेश शुभेच्छु, राधेश्याम ढकाल, भागवत आचार्य, ब्रम्हप्रिय प्रेमस्वरूप, सुनील पुरी, महेश्वर खनाल, महेश प्रसाइँ आदि स्रष्टाले कविता वाचन गर्नु भएको थियो । कुलप्रसाद पराजुली र मधुसुदन लामिछानेले मोतीराम भट्टको सम्झना कविता प्रस्तुत गर्नु भएको थियो ।

केदार न्यौपानेको स्वागत मन्तव्य पछि आरम्भ भएको कार्यक्रममा प्राध्यापक राजेन्द्र सुवेदीले सम्मानित प्रतिभा परिचय प्रस्तुत गर्नु भएको थियो भने कोषराज न्यौपानेले कवि मोतीराम भट्टको साहित्यिक योगदानबारे प्रकाश पार्नु भएको थियो । प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. वासुदेव त्रिपाठी कार्यक्रमका विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x