चूडामणि रेग्मीनञा दिन
१. ‘मट्याङ्ग्रा लौ ! थाती राखौँ ! नरनाथ प्रिय !’
‘अेक दिन’ ‘नञा’ जप्थ्यौ ! आयो ‘नञा’ दिन !
२. सात सालपछि हाम्रा नेता बाठा भअे !
लाटा ! भन्नेलाई लोप्पा ! ल्याए ‘नञा’ दिन !
३. होरा होरा ! पच् पच् पच् ! पच् ! धेरै सहिकन
बुद्धि ठेगानाको भयो ! आयो ‘नञा’ दिन !
४. झन्नै दस वर्ष आम्मै ! लुरे ! लाटा ! पारे !
आफ्नो रोग थुपार्ने रे ! आयो ‘नञा’ दिन !
५. स्वतन्त्रता बाढी आयो ! विश्व जागा भयो !
हाम्रा नेता बुझक्कड़ ! ल्याअे ‘नञा’ दिन !
६. नरनाथ ! हाँस्नु के छ र व्यङ्ग्य के छ ?
रमाउने समय यो ! आयो ‘नञा’ दिन !
७. प्रजातन्त्रे शक्तिसँग गतिशील शक्ति !
सूर्य चन्द्र नेपालमा ! आयो ‘नञा’ दिन !
८. आयो ! पक्कै ! आयो ! आयो ! ‘नञा’ नौलो युग !
नेपालको इतिहास नौलो ‘नञा’ दिन !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































