साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३५३ औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको ३५३ औँ शृङ्खला असोज २ गते शनिवार आर.आर.क्याम्पसमा ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङ हुनु हुन्थ्यो । अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्णविराम, ब्रह्मप्रिय प्रेमस्वरूप, साहित्य सन्ध्याका सल्लाहकारद्वय वासुदेव अधिकारी र प्रा.जगत् उपाध्याय प्रेक्षित, हेमनाथ पौडेल, नरबहादुर बी.सी., शब्द संयोजन साहित्यिक मासिकका कला संयोजक गणेशकुमार जी.सी., वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय उपस्थित हुनु हुन्थ्यो ।

साहित्य सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनाली आफ्नी धर्मपत्नीको मृगौलाको उपचारका लागि दक्षिण भारतमा जानु भएकै अवस्थामा यही भदौ २४ गते शुक्रवार उहाँकी ममतामयी आमा चन्द्रमाया मैनालीज्यूको ८६ वर्षको उमेरमा झापामा देहावान भएको हुँदा मृतात्माप्रति हार्दिक श्रद्धाञ्जलि एवम् शोक सन्तप्त गोपाल मैनाली तथा परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारण गरी गोष्ठीको थालनी गरिएको थियो ।

गोष्ठीका प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङले नेपालीले दश दिनसम्म मनाउने पर्व भएकाले यसको नाम दसैँ रहेको, हामी नेपाली फरक फरक संस्कृतिमा बाँचेका छौँ, दसैँ मनाउने परम्परा भने खस संस्कृति हो, हामी नेपालीको पहिचान तथा हाम्रो सांस्कृतिक मान्यताको आधार हेर्ने हो भने हामीबिच जातीय समानता छ भन्नु हुँदै हरेक जातजातिका मान्छेले आआफ्नै तरिकाले दसैँ मान्ने चलन रहेको बताउनु भयो ।

गोष्ठीमा ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, भोलानाथ सुवेदी, कणाद महर्षि, मुकुन्द न्यौपाने, गोपाल नेपाल, अभ्यस्त यात्री, जगत् वाशिष्ठ, जयन्ती स्पन्दन, पुनाराम गिरी, रेशम विरही, वासुदेव अधिकारी, जनार्दन धड्कन, जङ्ग पहाडी, नरबहादुर बी.सी., ऋषिराम अर्याल, पुण्य गौतम ‘विश्वास’, असीम सागर, डम्बर पहाडी, भागवत आचार्य, लीलाराज दाहाल, प्रशान्त खरेल, डम्बरध्वज लिम्बू, प्रेमराज सिलवाल, विष्णुप्रभा उपाध्याय, केशवराज अर्याल, डा.रामप्रसाद ज्ञवाली, प्रदीपरत्न शाक्य, हिरामणि पाण्डे, कृष्ण गौतम, रश्मी रिमाल, यदुनाथ वसन्तपुरे, भारद्वाज मित्र, पुरुषोत्तम पौडेल, आत्माराम शर्मा, मणिराज सिंह, नारायण निराशी, निर्भीक राई, सानु पहाडी र गोमा कटुवालले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।

प्राज्ञ एवम् चिन्तक विष्णु प्रभातले दसैँ मनाउने परम्परा तथा प्राचीन ग्रन्थ ऋग्वेदमा रहेका व्यवस्थाका बारेमा तथ्यगत रूपमा थप प्रकाश पार्नु भयो भने डा.रामप्रसाद ज्ञवालीले सभा भनेको सभ्य मान्छे बस्ने थलो हो भनिन्छ तर गोष्ठीमा उपस्थित मित्रहरूको गोष्ठीका प्रति ध्यान कमजोर भएको हो वा कविता सुन्ने संस्कृति कमजोर भएको हो ? कविता कमजोर हुन् वा सुन्ने धैर्यता कमजोर हो ? आफ्नो कविता सुनाएर हिँड्ने हतारो अलि बढी देखिएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले स्रष्टाहरू, द्रष्टा एवम् सहभागीहरू सबैलाई हार्दिक धन्यवाद दिँदै गोष्ठीको समापन गर्नु भयो ।
–रमेश

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x