साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेश जाने चक्कर

Nepal Telecom ad

विदेश जाने चक्करमा
खानु खाइयो ठक्कर
वाह पास भएपछि
कन्सल्ट्यान्टमा रिजल्ट देखायो
कन्सल्ट्यान्टले पनि भन्यो
ल यो भाइले
छात्रबृति त पायो पायो
भिसा पनि पक्का आयो ।
कन्सल्ट्यान्टले त्यति भनेपछी
आमालाई कनाइयो
बुवालाई मनाइयो
कागजात बनाउन भिडियो
कहिले गाविस हिँडियो
कहिले नगरपालिका छिरियो
अडिटर फी, ट्रान्सलेसन फी
ड्राइभिङ शुल्क, कुक तालिम
कति तिरियो तिरियो
सबै काम भएपछि
एक दिन अन्तरवार्ता दिन
दूताबास छिरियो
के दिन्थ्यो भिसा
हिस्स बुढी खिस्स
कागजात हल्लाउँदै फिरियो ।

फेरि कन्सल्ट्यान्टले भन्यो
ल आउनुहोस् यता
जापानतिर पठाउँछु
जसरी हुन्छ तपाईंलाई
भिसा दिलाएर उडाउँछु
यो कागजात बनाइयो
त्यो कागजात बनाइयो
रिसाएका बा आमालाई
बल्ल बल्ल मनाइयो
अली अली भाको पैसो
विदेशलाई खनाइयो ।

आउला आउला भनेको भिसा
फेरि भयो त्यही खिस्सा
त्यो पापीले पनि डुबायो
यो पापीले पनि डुबायो
बिदेश जाने चक्करले
रुवाउनुसम्म रुवायो ।
यसै ऋण उसै ऋण
बुढी भैंसी भए नि किन
फेरि ऋण काढेर
हिजोआज मलेसिया आको छु
बाँकी कुरो के भनुँ
यता पनि बिदेशमा कस्तो दुःख पाको छु ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x