साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ॐ श्री गणेशाय नमः

Nepal Telecom ad

सीमाना हराएको मेरो देश
तीनतिर खुल्ला, छैन बन्धन
त्यसैले सन्तुलन हराएको छ
तानि रहेछ तीनतिर
हुँदाहुँदा बुद्धिजिवी नेताहरु पनि
उतै तानिन्छन्न्
प्रफुल्ल हुन्छन् त्यहाँका
ठूलाठालुसँग भेट्न पाउँदा
लज्जावती फूलझैँ चाउरिन्छन्
उनीहरूको पाउ मोल्दा

बिर्सन्छन् भुसुक्क
आफ्नो स्वाभिमानलाई,
राष्ट्रिय पोशाकलाई,
राष्ट्रिय झण्डालाई,
अनि जन्मिएको हुर्किएको
आफ्नो नशानशा गाँसिएको
मुटुभन्दा पनि प्यारो राष्ट्रलाई

दक्षिणले सधैँ सताउँछ
बलजफ्ती हड्प्छ
कहिले कोशी व्यारेजलाई
कहिले टनकपुरलाई
कहिले सानो गाउँको
स्कुलको कम्पाउण्डलाई

सीमाना घेर्नलाई
बँधिलो बनाउनलाई
आवश्यक छ लडाकु योद्धाहरूको
टिष्टा कांगडा हाक्ने
वीर गोर्खालीका सपुतहरूको

त्यसैले आऊ
नमारौँ आफूले आफैलाई
बाँचौँ, सीमाना कोरौँ
शुभारम्भ गरौँ
सीमाना बेर्नलाई ।

ॐ श्री गणेशाय नमः ।

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x