साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ

Nepal Telecom ad

यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ
सखारै यो गाउँ बिउँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बीत गइल होऽऽ’
दिनभरि कडा मेहनत गरेर
जब पेटभरी खान पाइँदैन तब
तिमीलाई थाहा हुनेछ
खेतमा थाकेको गोरुलाई माया गर्दै
गाइने गीतको अर्थ के हो
राती यो गाउँ एक ठाउँमा भेला हुन्छ
कहिले चोकटाकहाँ
कहिले बगडा भाइकहाँ
कहिले मखना काकाकहाँ
घुर ताप्छ
कुराकानी गर्छ
पानी परेन
बाली सप्रेन
बूढो साहू मरेन
परालको आगो तापेर एक रात
यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहूको लामो आयु
दुबै कत्ति दुःखदायी छ
तिमी रामगढवामा ए रात जरुर बिताऊ
घर–आँगनमा डुल
खेतखलियानमा जाऊ
र यहाँका मानिसहरूसँग भेट
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ।

‘आगोनेर उभिएको मानिस’ कविता कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x