साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाखुसी साहित्य– गोष्ठी

Nepal Telecom ad

सामाखुसी साहित्य समाजले आफ्नो तेह्रौँ स्थापना दिवसको उपलक्ष्यमा हालै एक भव्य कार्यक्रम आयोजना गर्यो । सामाखुसीको लिङ्कन कलेजमा भएको कवि गोष्ठीमा वरिष्ठदेखि नवोदित कवि तथा कवयित्रीहरूको व्यापक सहभागिता थियो ।

समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न प्रतियोगितात्मक कवि गोष्ठीमा महाकवि भुवनहरि सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरूमा डा. देवीप्रसाद सुवेदी, गजलकार रामबहादुर पहाडी, बेदमणि घिमिरे, मदन थापा, डा. जीवन अधिकारी र शीतल गिरी थिए । प्रतियोगी र अप्रतियोगी गरी झण्डै ६५ जना कविले कविता वाचन गरेका थिए ।

गोष्ठीमा मूल्याङ्कन समितिका ज्ञाननिष्ठ ज्ञवाली, विजयराज न्यौपाने र हेमराज अधिकारीको संयुक्त निर्णय अनुसार सुशीला खड्का हसिना प्रथम, प्रभा बराल द्वितीय, रत्ननिधि रेग्मी शुक्राचार्य तृतीय, कल्पना काफ्ले, कमला रिसाल ज्योति र हृदयमणि अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । बालकवि आशुतोष पराजुलीले राष्ट्रिय गान गाएर पुरस्कार पाएका थिए । पुरस्कारको राशि कवि गोबद्र्धन पूजाले अमेरिकाबाट प्रदान गरेको कुरा आयोजकका तर्फबाट कवि कृष्णदेव रिमालले बताए ।

कविता वाचन गर्ने अन्य कविहरूमा विष्मा विरही, देवेन्द्र खनिया, शान्ता पराजुली, लीलाराज दाहाल, अञ्जना पौडेल, शिव आचार्य, हरि खनाल, सुनिल स्पन्दन, सीता प्याकुरेल, लक्ष्मी श्रेष्ठ, रामप्रसाद पौडेल, शारदा पराजुली, रामचन्द्र ढुंगाना, उदास कार्की, रजनी त्रिपाठी, रुद्र अधिकारी, सीता बिष्ट कार्की, ईश्वरी न्यौपाने, कृष्णप्रसाद खकुरेल, रामशरण श्रेष्ठ, जनार्दन अधिकारी धड्कन, शारदा पराजुली, परशुराम पराजुली, उमेश पाण्डे, विजयध्वज थापा, नीरा पराजुली, गीता पण्डित, हेमन्तप्रसाद दाहाल, डा. भूपहरि पौडेल, मणिराज सिंह, जगदिश्वर पोखरेल आदि थिए ।

जोर महिनाको दोस्रो शनिबार गरिने कवि गोष्ठी पहिले नवोदित कलेज र हाल लिङ्कन कलेजमा हुन थालेको आयोजकले बताए ।

प्रस्तुतिः अरुण नदी खत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x