साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्यवाद सरकार !

Nepal Telecom ad

मेरो देशको दक्षिणी सीमापारि
पाले र चौकीदार पर्खिरहेका धनी घर मालिकहरू छन्
कान्छाहरू कुरिरहेका होटलवाला छन्
सुनको अन्डा पार्ने पोथी थुन्न ‘रेडलाइट एरिया’ छन्
आफ्नो सिमाना खुला छाडिदिएकोमा
धन्यवाद सरकार !

चारैतिर
दुःखका नरमाइला खाडल भेटिन्छन्
समस्याका पर्खाल देखिन्छन्
बाटो र बजारको अभावमा
फलफूल बच्चाहरूले खेल्ने भकुन्डो बन्छन्
अन्न घ्याम्पोमा जाँडरक्सी गन्हाउँछ
बाटोको अभावग्रस्त देशमा
खोलिदिएको छ यस्तो बाटो–
युवालाई ‘गोर्खा भर्ती केन्द्र’मा पु¥याउँछ
हामीलाई डीभी सेन्टरसम्म लान्छ
धन्यवाद सरकार !

यहाँ
‘बुढेसकालको सहारा’ भन्दै
छोराहरू उत्पादित हुन्छन्
छोराकै पर्खाइमा झुक्किएर बेग्रल्ती छोरी जन्मिन्छन्
यी छोराछोरी सर्कसवालालाई बेच्ने दलाल छन्
भेडाबाख्राझैँ निर्यात गर्ने म्यानपावर छन् ।
देशमा चारैतिर–
भ्रष्टाचारको झिलीमिली सुपरमार्केट छ
दलालीको सदाबहार कारोबार चलेकै छन्
धन्यवाद सरकार !

मेरो देशमा
गाउँलेको आँसु बोक्दै खोलो ओरालो झर्छ
पीरव्यथा लुकाउँदै पाखाभरि गुराँस मुस्काउँछ
घर–घरमा अभावपूर्ण दिनरात छन्
ठाउँ–ठाउँमा दुःखका अग्ला भीर–पहाड छन्
सारा पीरव्यथा बिर्सन
चिच्याउँछन् घरैपिच्छे क्याबिन रेस्टुरेन्ट
उफ्रिन्छन् टोलैपिच्छे डान्सबार
नाङ्गिन्छन् गल्लीगल्ली मसाज–सेन्टर ।
यी यावत् थोकमा आँखा चिम्लेर बस्ने
धन्यवाद सरकार !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x