साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुकुमुकु ढुकुमुकु कसको हात ?

Nepal Telecom ad

ढुकुमुकु ढुकुमुकु कसको हात ? ओलीको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? प्रचण्डको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? सुशीलको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? गच्छदारको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? नेम्वाङको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? सभासद्को ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? पहाडको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? तराईको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? नेपालको ।
ढुकुमुकु ढुकुमुकु कसको हात ? नेपालीको ।

मुड्कीले हान्दा भएन । खाँबोमा बान्दा नि भएन । लाठीले चुट्दा भएन । हाँडीमा भुट्दा नि भएन । बोरामा हाल्दा भएन । चाल्नीमा चाल्दा नि भएन । ढिकीमा कुट्दा भएन । जाँतोले पिस्दा नि भएन । सिस्नुले हान्दा भएन । लिस्नुमा लडाउँदा नि भएन । बल लाउँदा भएन । गल लाउँदा नि भएन । घुर्की लाउँदा भएन । पाखुरा सुर्किंदा नि भएन । सलाई कोर्दा भएन । टाउको फोर्दा नि भएन ।

कन्यो, कन्यो, कन्यो । यसपालि संविधानसभा बेस्सरी कन्यो । नेपालको
संविधान बन्यो ।

च्याँखे थाप्दा भएन । बाटो छेक्दा नि भएन । मान्छे उचाल्दा भएन । उचालेर पछार्दा नि भएन । छक्का हान्दा भएन । चौका छान्दा नि भएन । बहिष्कार गर्दा भएन । तिरस्कार गर्दा नि भएन । कुर्सी हानाहान गर्दा भएन । माइक तानातान गर्दा नि भएन । एक्लै बटारिँदा भएन । मिलेर लठारिँदा नि भएन । जुट मिलाउँदा भएन । गुट बनाउँदा नि भएन । सडक चर्काउँदा भएन । सिंहदरबार थर्काउँदा नि भएन ।

गर्यो, गर्यो, गर्यो । यसपालिको भुइँचालोले गर्नुसम्म गर्यो । नेपालमा संविधान झर्यो ।

बन्द गर्दा भएन । हडताल गर्दा नि भएन । धर्ना बस्दा भएन । लडाकू भर्ना गर्दा नि भएन । अनशन बस्दा भएन । भनसुन गर्दा नि भएन । टायर डढाउँदा भएन । चौकी जलाउँदा नि भएन । ढुंगा थुपार्दा भएन । रूख ढाल्दा नि भएन । आन्दोलनको बाढी लगाउँदा भएन । करोडौँका गाडी जलाउँदा नि भएन । गोली पड्काएर भएन । हलो अड्काएर नि भएन । चिच्याउँदा भएन । घिच्याउँदा नि भएन । बत्ती बाल्दा भएन । निभाउँदा नि भएन । बन्चरो बोकेर भएन । भित्तामा टाउको ठोकेर नि भएन ।

उदायो, उदायो, उदायो । नेताहरूका घैँटामा यसपालि घाम उदायो । नेपालले संविधान पायो ।
एनजीओले खेल्दा भएन । आईएनजीओले पेल्दा नि भएन । डलरले हान्दा भएन । युरोले बान्दा नि भएन । छिमेकीले कन्दा भएन । राष्ट्र संघले भन्दा नि भएन । दूत लाग्दा भएन । भूत जाग्दा नि भएन । यमदूत आउँदा भएन । मोदीजीले नै मुख बाउदा नि भएन । अविश्वास गर्न पनि मिलेन । सपना भन्न पनि मिलेन ।

पायो, पायो, पायो । हेर्दा हेर्दै यसपालि बानेश्वर चोकमा गोरुले बाच्छो पायो । आयो, आयो, आयो । रुन्चे हाँसो बोकेरै भए पनि यसपालि नेपालमा संविधान आयो ।
ढुकुमुकु ढुकुमुकु कसको हात ??

नेपाल, आश्विन १४, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x