सुलसुले‘नारदमुुनिको वालिङ यात्रा’ लोकार्पण
काठमाडौं, आश्विन २३ । स्रष्टा भेषजराज शर्माको पछिल्लो निबन्धसङ्ग्रह ‘नारदमुुनिको वालिङ यात्रा’ गत शनिबार प्रमुख अतिथि प्रा. डा. महेश्वर शर्माद्वारा एक कार्यक्रमका बिच राजधानीमा विमोचन गरियो ।
प्रकाशक भेषजराज साहित्य प्रतिष्ठानका उपाध्यक्ष प्रेमराज लुइँटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अतिथिका रूपमा प्राज्ञ नरनाथ लुइँटेल, प्राज्ञ डा.कृष्णप्रसाद न्यौपाने, प्रगतिशील लेखक संघका उपाध्यक्ष मित्रलाल पँगेनी, साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकाल, प्रा.डा.गार्गी शर्मा, ऋषिराम कँडेल मञ्चमा आसीन हुनुहुन्थ्यो ।
प्रमुख अतिथि महेश्वर शर्माद्वारा दीप प्रज्ज्वलन गरी आरम्भ भएको कार्यक्रमको प्रथम खण्डमा पुस्तक विमोचनको कार्यक्रमलाई जोडिएको थियो । भेषजराज साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकमाथि बोल्दै प्राज्ञ नरनाथ लुइँटेलले उहाँका निबन्धहरूमा समाजका विकृति विसङ्गतिहरूप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको सन्दर्भ उठाउनुु भयो । मन्तव्यका क्रममा अतिथि स्रष्टाहरूले शर्माको साहित्यिक योगदानमाथि चर्चा गर्नुभएको थियो ।
पुस्तक चर्चापछि रचना वाचनको क्रमलाई जोडिएको थियो । यस क्रममा कालिकोटे अनिश, दुर्गा रिमाल अधिकारी, जगदीश्वर पोखरेल, घिमिरे मैदेली, मिलन समीर, राजेन्द्र चापागार्इँ, डा. जीवन अधिकारी, विनोद कोइराला लगायतका स्रष्टाहरूले आ—आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढङ्गानाले र स्वागत सदस्य देवेन्द्र पौडेलले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































