साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री र सेठको गोप्य बैठक

Nepal Telecom ad

अनेक चाहिने नचाहिने गरेर येनकेन मन्त्री बन्न सफल भएका एकजना नयाँ मन्त्रीज्यूलाई सेठ लतखोरी लालले राजधानीको शानदार (तारे) होटलमा गोप्य बैठक गर्ने भनी सादर आमन्त्रित गरेछ । मन्त्रीज्यू पनि सकेसम्म गोप्यता कायम राख्दै, अराष्ट्रिय पोशाकमा गोप्य बैठकमा सहभागी हुन आए । बैठक अत्यन्त गोप्य भा’हुनाले तीनजना मात्र त्यहाँ उपस्थित थिए– मन्त्रीज्यू, सेठजी र मन्त्रीज्यूको सुरक्षाकर्मी । पि.ए. गाडीमै थिए । गोप्य बैठकको गोप्यता कायम राख्न यसो गर्नु पनि जरुरी थियो ।

शानदार होटलको खानपिन पनि उस्तै शानदार थियो । अनेक कुराकानी भए । सेठजीले मन्त्रीको विभागमा अड्केको फाइल बाहेक अन्य कुनै व्यापारिक कुरा गरेनन् । ‘हामी पनि काम लाग्ने मान्छे हौँ’ भनेर सङ्केत मात्र गरे ।

भेटघाट सकियो परिचय घनिष्ठतामा फेरियो । सेठ लतखोरी लालले भने, ‘म पहिले निस्कन्छु । कसैलाई कुनै शङ्का नहोस् ।’ यति भनी बिल चुक्ता गरी ङिच्च हाँस्दै, मन्त्रीज्यूलाई हार्दिक नमस्कार र कृतज्ञता टक्र्याउँदै सेठ बाहिरिए ।

हतार हतारमा सेठजीले त्यहाँ आफ्नो पर्स छोड्छन् । सुरक्षाकर्मीले त्यो पर्स टिपेर मन्त्रीलाई टक्राउँदै भने, हजूर म त धेरै मन्त्रीहरूको सुरक्षाकर्मी भैसकेको मान्छे, यो पर्स सेठले जानाजान हजूरकै लागि छाडेको हो । यस्तै हुन्छ । कहिलेकाहीँ त उहाँहरू आफ्नी श्रीमती, अविवाहित छोरीलाई समेत भुसुक्कै बिर्सेर जानुहुन्छ ।

पर्सबाट एउटा हात्ती झिकेर मन्त्रीले सुरक्षाकर्मीलाई दिए । पर्सभित्र हात्तीहरूका माझमा सेठले सही गरेको एउटा ब्लैंक चेक पनि थियो । भोलिपल्ट सम्बन्धित फाइल मन्त्रीज्यूको टेबिलमा र चेक सम्बन्धित बैंकमा पुग्यो ।

यसो बुझ्दा त ती मन्त्री, प्रधानमन्त्रीज्यूको भ्रष्टाचार निवारण आयोगका अध्यक्ष समेत रहेछन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x