साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामिछानेको ‘चामल खानेहरू…’ विमोचित

Nepal Telecom ad

नेपाल अमेरिकन मैत्री संघ, म्याडिसन, विस्कनसिनले हरेक वर्ष गर्ने ‘विजय मल्ल साहित्य साँझ’ कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ को विमोचन पनि भएको छ । कविता सङ्ग्रह ‘जनमत प्रकाशन’ काभ्रे, नेपालबाट प्रकाशित भएको हो । सङ्ग्रहमा वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ ।

कविकी आमा भवानी लामिछाने र लोक गायक । हlरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको विमोचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता मैत्री संघका अध्यक्ष पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो । त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ को समीक्षा गर्नु भएको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन आविष्कार भारतीले र बाल कविता प्रतियोगिताको सञ्चालन चाहिँ इशान लुइँटेलले गर्नु भएको थियो ।

कार्यक्रममा हिरण्य भोजपुरेसँगै उहाँका सहकर्मी तथा जीवन सँगिनी उर्मिला श्रेष्ठको लोकगीत पनि समावेस थियो । कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो । थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समावेश थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x