साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विन्ती राख्न आयौँ प्रभु

Nepal Telecom ad

(दिल्लीमा नेपालका तर्फबाट स्पष्ट राष्ट्रिय अडान र स्वाभिमानपूर्वक
राखिन सक्ने प्रस्तावको झलक)

तिम्रै पाउमा विन्ती राख्न आयौँ प्रभु
यी दुई महिना सारै दुख पायौँ प्रभु ।

कृपा गरी बन्द नाका खोलिदिनोस्
ठुलै आशा राखी दिल्ली धायौं प्रभु ।

थप–
द्रुत मार्ग तिमीलाई नै दिने भयौँ
तेल पुरै तिमीसितै लिने भयौँ ।

चाइनाको त हल्ला मात्रै चलाको हो
युएनमा नि तिम्रै लागि उभिने भयौँ ।

पुगेन भने–
नाकाबन्द भयो हाम्ले भन्या छैनौँ
तेल नपाको कति दिन भो गन्या छैनौँ ।

नदीको नि पछि कुरा मिलाऔंला
तपाईँले नि अझै नहर खन्या छैन ।

उपहारमा–
जे जे भयो ती कुरामा माफ गर्नुस्
महामहिम आज यो इन्साफ गर्नुस् ।

सके नाका पुरै खोल्नु पर्ने भयो
नसके नि अब त्यसलाई हाफ गर्नुस् ।

जय हिन्द जोरले
जय नेपाल त भन्नै भएन, कांग्रेसी नारा भइहाल्यो ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x