साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर बाको आशिरवाद

Nepal Telecom ad

घुँडा फुलन्जेल बाँच्नू
अब हामी जस्तो
छोरा छोरीको भर नपर्नू
आफ्नो खाता खोलेर
टन्न धन पैसो साँच्नू
हाम्रो पाला जस्तो छैन समय
जमाना अनुसार नाच्नू
यस्तै रहेछ नाति जिन्दगी
त्यो बेला केको यो बेला केको दुख
बरु जिन्दगीमा मजाले हाँस्नू ।

हामीले जस्तो धेरै होइन अब
एउटा सन्तान बनाउनू
श्रीमतीले नमान्लान् फेरि
उनीहरूलाई राम्ररी मनाउनू
सन्तानले पनि आउन खोज्लान्
सबलाई भारतले जस्तै नाकाबन्दी गर्नू
तर होसियार !
त्यो आस्थाइ साधनको धेरै भर नपर्नू ।

यो चाड पर्व पनि महङ्गो हुन थाल्यो
खसीको मासु छुँदै नछुनू
रक्तचाप पनि बढाउने
सुगर पनि बढाउने
हार्ट आट्याक्क पारेर मान्छे नै लडाउने
सके भेजिटेरियन हुनू
नभए कुखराटेरीगन हुनू ।

तेरा बाले जस्तै तैँले पनि
बाआमालाई घरमै पाल्नू
फेरि श्रीमतीको लहै लहमा लागेर
कतै आश्रमतिर लगेर नफाल्नू
सरकारी जागिर खाँदै नखानू
खाने हो भने टन्न घुस खानू
नत्र मैले जस्तै दुख पाउलास्
चोरले पुरस्कार पाउने देशमा
तँ सज्जन बन्नेले अदालत धाउलास्
हेर नाति जमाना बदली सकेको छ
कलेज जाँदा कलम कापी होइन
इटा ढुङ्गा बोक्नू
आन्दोलनमा लागेर गाडी घोडालाई ठोक्नू
त्यो भयो भने सके प्रधानमन्त्री होलास्
नभए मन्त्री पक्का होलास् ।

सानो तिनो नेता भएपछि नै
कि तँ, भारततिर लाग्नू
कि तँ चाइनातिर लाग्नू
स्वावलम्बन छोडेर तिमीले पनि
छिमिकीसङ्ग नै माग्नू
यो पनि सकेनौ भने
अलिक राम्रो पढेर विदेशतिर भाग्नू
नयाँ पुस्तालाई कसरी राष्ट्रियता जाग्नु
यो देशमा धेरै धेरै ठुला बडा छन्
तिनी पनि हेर नाति
विदेशी आईडी बोकेर भाग्नलाई खडा छन् ।
ल यसपालीलाई आशिक यति भो नाती
अर्को पाला झन टन्न दिउँला गएन भने माथि ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x