साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारत महान्

Nepal Telecom ad

सखारै उठ्नुहुन्छ प्रधानमन्त्री
र कोल्गेट टुथपेस्टले दाँत मोलेर
बजाज कम्पनीको ऐना हेर्दै
फिस्स हाँस्नुहुन्छ
शितल निवासको छतमा टहलिनुहुन्छ राष्ट्रपति
र ‘जय गङ्गे’ भन्दै
दक्षिणतिर नमस्कार गर्नुहुन्छ
घर–घरमा गृहिणीहरू
सजिन्छन् बनारसी साडीमा
र हिन्दी भजन गाउँदै
छम्छमी नाच्छन्
केटाकेटीहरू विद्यालय जान्छन्
र गाउँछन् ‘जन गन मन… भारत महान्’
अनि मुटु फुट्ने गरी घोक्छन्–
‘बुद्ध जन्मिएका हुन् भारतमा’
अति सस्तोमा किनेर लग्यो भारतले
हाम्रो राष्ट्रिय विभूति तेन्जिङ नोर्गेलाई
भारतमै पर्छन् हाम्रा महान् किल्लाहरू
देउथल र नालापानी
ब्रिटिस–इन्डियाले कोरिदिएको हो
दिउँसै जाँड धोकेजस्ता किरिङमिरिङ सीमारेखाहरू
र उसैले न्वारान गरिदिएको हो ‘नेपाल’ नाम
जसप्रति गर्वले फुल्छ हाम्रो ढुकुरे छाती
भारतको भात हसुरेर
भारतकै जय गान गाउनेहरू भएसम्म
नेपाल भारतकै एउटा प्रान्त हो
थाहा छैन
कहाँ छ हाम्रो राष्ट्रिताको ढाका टोपी ?
कहाँ छ लाज ढाक्ने हाम्रो धोती ?
भारतको तिखोे सियोेले
चसक–चसक घोचिदिन्छ सधैँ
हाम्रो स्वाभिमानको सगरमाथालाई
आदिवासीको आलो रगत
र काश्मिरको मासु खाएको भारत
आफैँ अणुबममाथि बसेर भन्छ–
‘नेपाल अझै किन जिउँदैछ’
ऊ मेट्न खोज्छ
नेपालका रक्तरेखाहरू
तर, भित्रभित्रै उम्लिरहेछ
पोखिन तयार हाम्रो रगत
हामी बच्ने छौँ
हाम्रै पाखुरीको बलले
हामी जीवित रहनेछौँ
कर्णाली र कोशीको पानी पिएर
हामीलाई बचाउने छन्
जुम्लाको मार्सी धान
र तराईको हरियो फाँटले
याद रहोस्–
मधेस हाम्रो मुुटु हो
मधेसी हाम्रा दाजुभाइ हुन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x