साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिग्भ्रम

Nepal Telecom ad

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ ।

घामको ताप र हावाको स्पर्शलाई पङ्खा र हिटरसँग साट्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा मेसिनमा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन । विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रित रङ र रूपका चक्की र क्याप्सुलको ब्रेकफास्ट र डिनर गर्दछ अनि अरूलाई स्वस्थ रहन ‘यो खानु’, ‘त्यो नखानु’ भनेर उपदेश दिन्छ ।

बाटो, पत्रिका तथा टेलिभिजनमा देखिने तरुनीहरूको राप र ताप मेट्न उसले शिलाजित र भियग्राका संस्करणमा यौन किन्छ । त्यति मात्र होइन, इसाबगोलको भुषि विना ऊ शौचालय जान सक्दैन । पाखण्डी र शिखण्डीहरूको प्रवचन र भाषणमार्फत् विचार खरिद गर्दछ । अनि दिनभर ऊ ‘भोक, निद्रा, यौन, विचार आदि मान्छेका प्राकृतिक, जन्मसिद्ध तथा नैसर्गिक अधिकार हुन्’ भनेर पाण्डित्याइँ छाँट्दछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x