साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यौटा खाली पात्र र म

Nepal Telecom ad

यौटा सुन्दर पात्र बीच पथमा भेटें, उठाएँ अनि
‘बाटोमा किन मिल्कियौ त यसरी’ सोधेँ बताऊ भनी
बोल्यो पात्र रुँदैरुँदै नयनमा आँशू जमाईकन
‘बर्षा हुन्छ ममाथि तैपनि सधैं प्यासी छ यो जीवन !’

‘पानीले रुझिराख्छु किन्तु मुखमा पर्दैन थोपा जल’
जाडोले अति काँपिराख्दछु अहो आउन्न उठ्ने बल
आधा जेठ असार साउन भदौ बर्षातले भिज्दछु
मात्रै बाहिर भिज्छु, भित्र त भने प्यासी न प्यासी म छु !’

‘यो यस्तो कसरी भयो किन भयो केही कुरै बुझ्दिन
पानीले यति गोदिंदा पनि अझै प्यासी म प्यासी किन ?’
यस्तै प्रश्न गरेर ‘पात्र’ बिचरो रोयो करायो अनि
मेरो पाउ पर्यो रहस्य यसको सम्झाइबक्स्योस् भनी !

भाँडो रोइरह्यो कठै धरधरी मायाँ पलायो ममा
मैंले सोच्न पुगेँ, छ आज नरको यै हाल संसारमा
यौटै प्रश्न गरेँ ‘भरिन्छ कसरी घोप्टो परेको घडा ?’
मेरो प्रश्न सुनेर पात्र अति नै हाँस्यो स्वयम् भो खडा !

हाल– अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x