स्नेह सायमिसम्मानित अग्रजहरू
न उमेर को ख्याल छ, न शरीरको
न बोलीको भर छ, न सोमतको
न अधिकारको होश छ, न कर्तव्यको
लाशलाई कुर्सीमा टाँसी रहने
लालच बोकेर हिंडीरहेछन मेरा सम्मानित अग्रजहरू
सहज हस्तान्तरण हुँदैन यो मुलुकमा
अर्को हिंसा र ध्वंसको आन्दोलन कुरिरहेछन्
मेरा देशका स्वप्न निर्माताहरू
विचार र निस्ठाले हारिरहनु पर्ने
सद्भाव र सहनले पछारिइरहनु पर्ने
यो कस्तो गणतान्त्रिक लोकतन्त्र हो
जसको लागी बलिदान भएछ एक युग
निर्माणमा खट्न चाहेकाहरू
बिस्थापित भइ रहनु पर्ने
उमेरको ख्याल छ, न शरीरको
न बोलीको भर छ, न सोमतको
न अधिकारको होश छ, न कर्तव्यको
लाशलाई कुर्सीमा टाँसी रहने
लालच बोकेर हिँडीरहेछन् मेरा सम्मानित अग्रजहरू
सहज हस्तान्तरण हुँदैन यो मुलुकमा
अर्को हिंसा र ध्वंसको आन्दोलन कुरिरहेछन्
मेरा देशका स्वप्न निर्माताहरू ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































