साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भावी त हेरेको हेर्यै !

Nepal Telecom ad

गरिबी र अभावको धनी हीराबहादुरकी छोरी जन्मिई ! जातीय परम्पराअनुसार उसले जन्मेको छ दिनमा छैटी गर्यो ! छैटीमा भावी आएर बच्चीको निधारमा भाग्य लेखिदिए–
“ ….. कुपोषण, रोग र अभावको सिकार हुँदै घाँस–दाउरा गर्ने, लिपपोत गर्ने, अर्काकी नोकर्नी भएर भाँडा माझ्ने, एउटा गरिब केटासँग बिहे गर्ने, सानै उमेरमा बिधवा बन्ने, लाखौं अपमान र तिरस्कार सहेर उपचारको अभावमा अल्पायूमै मृत्युवरण गर्ने… !”

समयको बृद्धिसँगै हीराबहादुरकी छोरी हुर्कँदै गई ! साहूको घरमा काम गरेर पनि उसले पढाइलाई निरन्तरता दिई, सधैं प्रथम हुँदै गई ! छात्रवृत्ति पाएर क्याम्पस पढ्न थाली, राम्रो जागिर पनि पाई ! उसको यात्रा रोकिएन ! स्नातकोत्तरसम्म सधै प्रथम भई ! कलकलाउँदो उमेरमै विध्यावारिधि गरेर दात्री संस्थाहरूसँग समन्वय गरी गाउँमा बिजुली, पानी, टेलिफोन, विध्यालय, स्वास्थ्य केन्द्र आदि स्थापना गरी ! सहपाठी एवम् सहकर्मी प्राध्यापकसँग बिहे गरेर सन्तानलाभ पनि गरी ! उसको विद्वता, साहस, सुकर्म एवम् सफलताको चारैतर्फ प्रशंसा भयो !

उता छैटीको दिन भाग्य लेखिदिने भावी भने निधारमा हात राखेर हेरेको हेर्यै भए !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x