साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनको घमण्ड

Nepal Telecom ad

एकजना गाउँको भाइले सहरको हुनेखानेको छोरीसँग प्रेम गरेछ । उनीहरूको प्रेम यति गाढा भयो कि अब उनीहरू एकअर्काबिच बाँच्नै नसक्ने भएछन् । ती केटीको बिहेकाको कुरा थल्न थालेको छ । बिहे कुरा चल्दाचल्दै उसले आफ्नो परिवारलाई गाउँको केटोसँग प्रेम सम्बन्ध भएको बताइन् ।

‘ड्याडी मेरो दीपकसँग प्रेम सम्बन्ध छ, केटो खोज्ने दुःख गर्नु पर्दैन’ –केटीले भनी ।
उनको बाबुले पहाडिया गरिब केटोलाई प्रेम गरेको बताएपछि छोरीलाई विभिन्न यातना मात्र होइन, घरबाट निस्कन नदिनेसम्मको हर्कत गरे । आफ्नो घर श्रीसम्पत्तिको घमण्ड प्रदर्शन गर्दै छोरीलाई तथानाम गालि गरे मात्र होइन सम्झाइ बुभाmइ समेत गर्ने दुस्प्रयत्न गरे ।

प्रेमले अन्धो भएकी ती केटीले के मान्थिन् र उनी दीपकसँग भागेरै भए पनि जाने निधो गरी उनले भनिन्— ‘ड्याडी हजुरको धनको घमण्ड मसँग गर्नु पर्दैन ! सच्चा प्रेम गरेको मान्छेसँगै सुखी हुन सक्छु, अन्यसँग होइन । बिहे गर्नु नै पर्छ भने उसैसँग मात्र गर्छु ।’

बाबुले भन्छन्— ‘मेरो यति सम्पत्ति छ, यस्तो सुखमा हुर्किएकी छस् । धन दौलत, सुन–जहावरत यति छ, के तेरो प्रेमबाट यी सब प्राप्त हुन सक्छ ?’

छोरीले भनिन्— ‘के जति धेरै भए पनि सुन खान मिल्छ र ? खाने त अन्नै हो नि !’ अन्न खाने मान्छेले मात्र प्रेमको भावना बुझ्नु पर्दछ ।’
बुवा अवाक् बन्छन् ।

केही दिनपछि छोरी त्यसै केटासँग कोर्टम्यारिज गरी बेपत्ता भएको कुरा सुनियो ।

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x