सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धनको घमण्ड

Nepal Telecom ad

एकजना गाउँको भाइले सहरको हुनेखानेको छोरीसँग प्रेम गरेछ । उनीहरूको प्रेम यति गाढा भयो कि अब उनीहरू एकअर्काबिच बाँच्नै नसक्ने भएछन् । ती केटीको बिहेकाको कुरा थल्न थालेको छ । बिहे कुरा चल्दाचल्दै उसले आफ्नो परिवारलाई गाउँको केटोसँग प्रेम सम्बन्ध भएको बताइन् ।

‘ड्याडी मेरो दीपकसँग प्रेम सम्बन्ध छ, केटो खोज्ने दुःख गर्नु पर्दैन’ –केटीले भनी ।
उनको बाबुले पहाडिया गरिब केटोलाई प्रेम गरेको बताएपछि छोरीलाई विभिन्न यातना मात्र होइन, घरबाट निस्कन नदिनेसम्मको हर्कत गरे । आफ्नो घर श्रीसम्पत्तिको घमण्ड प्रदर्शन गर्दै छोरीलाई तथानाम गालि गरे मात्र होइन सम्झाइ बुभाmइ समेत गर्ने दुस्प्रयत्न गरे ।

प्रेमले अन्धो भएकी ती केटीले के मान्थिन् र उनी दीपकसँग भागेरै भए पनि जाने निधो गरी उनले भनिन्— ‘ड्याडी हजुरको धनको घमण्ड मसँग गर्नु पर्दैन ! सच्चा प्रेम गरेको मान्छेसँगै सुखी हुन सक्छु, अन्यसँग होइन । बिहे गर्नु नै पर्छ भने उसैसँग मात्र गर्छु ।’

बाबुले भन्छन्— ‘मेरो यति सम्पत्ति छ, यस्तो सुखमा हुर्किएकी छस् । धन दौलत, सुन–जहावरत यति छ, के तेरो प्रेमबाट यी सब प्राप्त हुन सक्छ ?’

छोरीले भनिन्— ‘के जति धेरै भए पनि सुन खान मिल्छ र ? खाने त अन्नै हो नि !’ अन्न खाने मान्छेले मात्र प्रेमको भावना बुझ्नु पर्दछ ।’
बुवा अवाक् बन्छन् ।

केही दिनपछि छोरी त्यसै केटासँग कोर्टम्यारिज गरी बेपत्ता भएको कुरा सुनियो ।

गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad