साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लगाउँछ आँखा ऊ नेपालमाथि

Nepal Telecom ad

न सोच्नू कसैले पछाडी सरेछौ
न ठान्नू कसैले दलाली गरेछौ ।
सुसंस्कृत्तिले राष्ट्र उँभो उठाई
उभिन्छौं ठडीएर सीधा रमाई ।

कुनै शत्रु पीडा र आघात दिन्छ
उचालेर भाला मुटूप्राण लिन्छ ।
खुनैका चढाएर धारा पखाल्छ
सुनैका त खम्बा लगाऊ उखाल्छ ।

बनायौं गई दुष्ट पाऊ परेनौं
विधानै नयाँ लेख्न गल्ती गरेनौं ।
उ मालीक बन्दै यहाँ धर्मरायो
दुखी देश मेरो उठी जुर्मुरायो ।

छिमेकैमहाँ हुन्छ विस्तारवादी
कहाँ गर्छ भलो बखेडा निकाली ।
विषै झार्छ त्यो नाग दूधै पिलाई
दुरूस्तै भयो इण्डियाले सताई ।

छ नेपालकै शान ठूलो सवैका
भएनौं हिजो दास फेरि कसैका ।
समानै छिमेकी कुनै हैन दाई ।
यहाँ क्रोध राखी गर्नसक्ने रजाईं ।

परे गर्छ रक्षा सिमा बार बारी
चितामा सुताएर बैरी लगारी ।
सताएर मित्रै कहाँ हुन्छ राम्रो
सुनिन्छन् सदा नीति तिम्रा नराम्रो ।

हिजो मात्र लंका खरानी बनायो
मिलाएर सिक्कीमलाई गनायो ।
लगाऊँछ आँखा उ नेपालमाथी
कुलङ्गार हेर्दैछ इज्जत् नराखी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x