साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दातालाई मात्र हतार !

Nepal Telecom ad

दातालाई हतारो छ दिन चाहन्छ बेसरी
भन्छ मानवता मेरो उदार मनले भरि ।
चुनौती सामना गर्ने रहोस् हिम्मत भन्दछ
दाता दिन तयारै छ आफन्तसरि गन्दछ ।।

हाम्रो मुलुकको शैली शङ्कैशङ्का भएसरि
सुस्तताभित्र झन् सुस्त चाहना नभएसरि ।
कहिले कानुनी बाधा कहिले छैन तीव्रता
प्राविधिक कतै गाँठो फुक्तै छ रे यताउता ।।

अझ ट्याङ्कर नै नौला छैनन् रे वर्ग वर्गका
छैनन् चालक रे दक्ष सबै दुर्गम मार्गका ।
बिमा प्रमाणको कार्य थालनी स्वप्नझैँ छ रे
कमिसन दिने कस्तो नभने गाडी जान्न रे ।।

लिने पक्ष अझै के के बाहना मात्र खोज्दछ
जिम्मेवारी अरूमाथि थोपर्दै भाग्न खोज्दछ ।
सुनियो कहिले गाडी सम्झौता अनि कागज
बाटो दुर्गम रे त्यस्तै ग्यारेन्टी फाइदा अझ ।।

जय होस् ! जहिलै मौका स्वार्थमै मात्र जीवन
धूर्तता छलको खेल छैन मानवता मन ।
जनता दुःखमै जन्मे बाँच्छन् दुःख गरी गरी
निर्मोही व्यक्तिले गर्दा अझै दुःख मरी मरी ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x